टिम च्याम्पियन आईएफकेके टोलीको स्वागत

टिम च्याम्पियन आईएफकेके टोलीको स्वागत


अन्तर्राष्ट्रिय क्योकुसिन काइकान कराते संघ नेपाल (आईएफकेके) ले अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल आफ्नो टोलीलाई स्वागत गरेको छ । भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा नेपाली टोली ६ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगितामा आङ निमा शेर्पा, सुनील नगरकोटी, दीपेन्द्र्र क्षेत्री, विकास गुरुङ, मन्जु विक र शान्ति थापा मगरले स्वर्ण जितेका थिए । दीपेन्द्र्र र सुनीलले क्रमशः थप रजत र कांस्य पनि हात पारेका थिए । रजत जित्ने अन्य खेलाडीमा सनीसिंह सुनार र हरि दनुवार छन् ।

टिम प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवती सापकोटा, व्यवस्थापकमा विनोद पराजुली र अफिसियलमा अशोकजंग दनुवार छन् । टोलीलाई आईएफकेकेका कार्यबाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुका साथै सफलताका लागि बधाई दिएका थिए ।