आयोजक द एक्सेल्सियर स्कुल र त्रिनेत्र सातौँ एक्सेल्सियर कपअन्तर्गत फुटबलमा च्याम्पियन बनेका छन् । एक्सेल्सियर सिनियर ब्वाइज तथा त्रिनेत्र जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर फाइनलमा एक्सेल्सियले साइन मोडललाई ३–१ गोलले पराजित गरेको हो । एक्सेल्सियरका निमेश गोतामेले २ तथा कर्मा निमा गुरुङले १ गोल गरका थिए । साइनका रिदम आलेले सान्त्वना गोल गरे ।
जुनियर फाइनलमा त्रिनेत्रले ओराकललाई ४–३ गोलले हरायो । त्रिनेत्रका अनिश बुढा तथा किसन खड्काले समान २–२ गोल गरे । ओराकलका सुविन कर्माचार्यले २ तथा कृष गुरुङले १ गोल फर्काए ।
एक्सेल्सियरका निमेश गोतम तथा त्रिनेत्रका अनिश बुढा उत्कृष्ट खेलाडी घोषित भए । सिनियरमा एक्सेल्सियरका दिक्षान्त खड्का तथा जुनियरमा ओराकलका रोजन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । सिनियरमा काभ्या तथा जुनियरमा आर्या एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
प्रतिक्रिया