तेक्वान्दोकी आयशा शाक्य सम्मानित भएकी छन् । घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२औँ वार्षिक खेलकुद दिवसको अवसरमा आयशालाई नगदसहित सम्मान गरेको हो ।
हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयशालाई सम्मानपत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।
आयशा ११औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण तथा १०औँ र १२ सागकी रजत विजेता हुन् । आयेशले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन् ।
प्रतिक्रिया