संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरै १० ओभर खेल्दै आठ विकेट गुमाएर १०४ रन बनायो ।
नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । वर्षा र हावाहुरीको कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको थियो ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा यूएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । आजको खेलमा नेपाल विजयी बने यूएईसँगको टी–२० सिरिज पनि नेपालको पक्षमा हुनेछ ।
प्रतिक्रिया