सुमन र सुनीलको जोडी अन्तिम आठमा

सुमन र सुनीलको जोडी अन्तिम आठमा


ललितपुरको योङ स्टार ब्याडमिन्टन क्लबका सुमन शाक्य र सुनील शाक्यको जोडी नवौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ । पुरुष युगलमा मात्र भएको प्रतियोगितामा विश्रान्ति ब्याडमिन्टन क्लबका तुलसीकुमार महर्जन र मधुकर लामिछानेको जोडीलाई १४–२१, २१–१६, २१–१६ को सेटमा पाखा लगाउँदै शाक्यको जोडी अन्तिम आठमा प्रवेश गरेको हो ।

भीमसेनगोलास्थित आउटडोर एकल कोर्टमा भएको अर्को प्रतिस्पर्धामा तिनचुली ब्याडमिन्टन क्लबका अभिशेष गुरुङ र आकाश छन्त्यालको जोडी पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । गुरुङ र छन्त्यालको जोडीले देवीनगर ब्याडमिन्टन क्लबका सुमन श्रेष्ठ र कृष्ण सापकोटाको जोडीलाई २१–१३, २१–११ को सोझो सेटमा पराजित गरेको हो ।