करातेका राष्ट्रिय खेलाडी विप्लवलाल श्रेष्ठलाई हाइड एन्ड सिक किन्डर गार्डेन स्कुलले नगदसहित सम्मान गरेको छ ।
वनस्थलीस्थित स्कुलले आफ्नो वार्षिक कार्यक्रमका अवसरमा प्रत्येक वर्ष खेलाडीलाई सम्मान गर्दै आइरहेकोमा यसपटक ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिस कराते च्याम्पियनसिप २०१८ मा ८४ केजीमुनिको तौल समूहमा रजत पदक प्राप्त गर्न सफल श्रेष्ठलाई सम्मान गरेको हो ।
स्कुलको वार्षिक खेलकुद दिवसका अवसरमा प्रधान अध्यापक कुमद भट्ट, डा. चण्डिकाप्रसाद भट्ट, इन्दिरा चौलागार्इं र खेलकुद प्रशिक्षक हरिबहादुर तामाङलगायतले श्रेष्ठलाई नगद १० हजारसहित ताम्रपत्रद्वारा सम्मान गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं राष्ट्रिय टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।
प्रतिक्रिया