सरकारले घरेलु टोली यूएईविरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलोपकट एकदिवसीय र टी–२० सिरिज जितेर नेपालको नाम उच्च राखेको भन्दै टोलीलाई सम्मान गर्ने निर्णय हो ।
दुवै उपाधिसहित सोमबार अपराह्न स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विमानस्थलमा उनीहरूको स्वागतका लागि पहिलोपटक रेड कार्पेटसमेत ओछ्याइएको थियो ।
उनीहरूको स्वागतका लागि सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायत सर्वसाधारण विमानस्थलमा पुगेका थिए । त्यसक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले विमानस्थलमै खेलाडीलाई जनही १०–१० हजार नगदसहित सम्मान गरेका थिए ।
प्रतिक्रिया