लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा यही माघ १६ गते लाओस लागेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपाल स्वदेश फर्किएका छन् ।
नेता नेपालले नेकपा र रिभोलुसनरी पार्टीका साथै दुबै देशबीच सम्बन्ध सुधारबारे त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गरेका उनको नजिी सचिवालयले जनाएको छ ।
नेपालसँगै भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताएअनुसार लाओसमा नेपाली प्रतिनिधिमण्डल ‘नेशनल एकेडेमी अफ पोलिटिकल एण्ड पब्लिक एडमिष्ट्रेशन’को कार्यक्रममा नेपालबाट गएका कम्युनिष्ट नेताहरुको टोली सहभागी भएको थियो ।
उक्त प्रतिनिधिमण्डलले ल्वाङ प्रोमाङ प्रदेशका सरकार र राजनीतिक दलसँग सरकार सञ्चालनबारे छलफल गर्नाका साथै नामजिमनाम हाइड्रोपावरसमेत अवलोकन गरेको थियो । लाओ पार्टीका विदेशविभाग प्रमुख सुनथोङ सायादापसँग पनि नेता नेपालले भेटवार्ता गरेका थिए ।
उक्त प्रतिनिधिमण्डलमा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, केन्द्रय सदस्य रिजाल र अलि अख्तर सहभागी थिए ।

तस्बिर नेता रिजालको फेसबुकबाट
प्रतिक्रिया