बास्केटबलमा आयोजक इनोभेटिभ फाइनलमा

बास्केटबलमा आयोजक इनोभेटिभ फाइनलमा


आयोजक इनोभेटिभ आठौँ इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रामा फाइनलमा प्रवेश गरेको छ ।

पाँच टिम सहभागी राउन्ड रोबिन लिगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ३०–११ ले पराजित गर्दै लगातार तेस्रो जित हात पाऱ्यो । इनोभेटिभको जितमा समन्ता थापाले १६ अंकको योगदान गरिन् । इनोभेटिभ एक खेलअगावै फाइनलमा पुगेको हो । सिनियर छात्रामै सम्झनाको १० अंक सहयोगमा स्वप्न बाटिकाले विज किड्सलाई २१–१४ ले हरायो ।

सिनियर ब्वाइजमा एचएचसीएले काठमाडौं जेभियरलाई ४२–४१, श्रीदिवाले एआईएलाई ३५–३०, रेडिअन्टले स्वप्न बाटिकालाई ४०–३५ तथा ज्ञान निकेतनले विल्सनलाई ४७–३६ ले पन्छाउँदै क्वार्टरफाइनलमा पुगे । जुनियर ब्वाइजमा नेरिकले एआईएलाई २१–१५ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो ।