आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०७५ विहिबार, ७ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०७५ विहिबार, ७ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ २४गते विहीबार तद्अनुसार सन् २०१९ फरवरी ७ तारिख माघ शुक्लपक्ष तृतीया तिथि शतभिषा नक्षत्र १०ः३७ पर पूर्वाभाद्रपद नक्षत्र परिघ योग ९ः४२ पर शिव योग तैतिल करणआनन्दादिमा वज्र योग चन्द्रमा कुम्भ राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा र सूर्यास्त साँझ १७ः४८ मा हुनेछ । शुभ योग अभिजित– ११ः५६ देखि १२ः४० अशुभ योग राहुकाल–१३ः४१ देखि १५ः४ दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – चन्द्रमा राशिदेखि सातौँ स्थानमा भ्रमणशील छ । ग्रहगोचरको प्रभावस्वरुप धन मान महत्व व्यक्तित्व बढ्नेछ र मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । शैक्षिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । भोगविलासमा प्रवृत्ति बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । आफन्त–सुख बढ्ला । सुख शान्ति आनन्द बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । वार्तामूलक कार्य बन्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । भागदौड भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेष गरी राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । विजयश्री मिल्नेछ ।

मिथुन राशि – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । ख्याति फैलिनेछ ।

कर्कट राशि – स्वास्थ्यप्रति ध्यान राख्नु पर्ला । नियमकानूनको उपेक्षा नहोस् भनेर सचेत रहनु पनि हितकर होला । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । चिठ्ठा लाग्न सक्छ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह राशि – सुख सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । विजयश्री मिल्नेछ । भोग विलासको अवसर मिल्ला । मान महत्व गौरव बढ्नेछ । साझेदारीको काम बन्नेछ । जीवन साथीको सहयोग मिल्नेछ ।

कन्या राशि – आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्म पथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।

तुला राशि – प्रेममा सफलता मिल्नेछ । सन्तान सुख बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । आकस्मिक लगानी बढ्ला । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ । रसराग गीत–संगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि – मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसंगँंगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भई योजनानुसार काम गर्नु बेस होला ।

धनु राशि – अन्नधन वृद्धि हुनेछ । आय बढ्नेछ । लगानी उठ्नेछ । उन्नति हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धन सम्पत्ति बढ्ला । मान यश बढ्नेछ । ख्याति फैलिएला । दुःख दरिद्री भाग्नेछ । सुख शान्ति बढ्नेछ । पुरस्कार प्राप्त होला । वार्तामा सफलता प्राप्त होला । मान गौरव बढ्नेछ ।

मकर राशि – दिन शुभ फलदायक रहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । राजकीय कार्य बन्नेछ ।

कुम्भ राशि – सुख आनन्द बढ्नेछ । यात्रा परक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । लगानी बढ्नेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मीन राशि – विशेषगरी शारीरिक र आर्थिक जोखिममा नपर्नु बेस रहला । भागदौड बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा वृद्धि हुनेछ । आयस्रोतमा बढोतरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । स्वास्थ्य र चोटपटक लाग्नसकने कुरामा सचेत रहनुपर्नेछ । सवारी साधन सटासाट हुने, चोरी हुन सक्ने र समान हराउने कुरामा सतर्क रहनु पनि हितकर हुनेछ ।