नेकपाको कार्यदल बैठक आज बस्दै छ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठकमा संयोजक र पार्टी महासचिवले पेश गर्ने प्रस्तावअनुसार छलफल हुने बताइएको हो । कार्यदलले पुुस मसान्तभित्र काम सक्ने जिम्मेवारी पाएको थियो । तर कार्यदलले जिम्मेवारी पुर्याउन सकेको छैन । जसका कारण सचिवालयले दुई दिनभित्र मै अपूरै प्रतिवेदन माग गर्याे । सोही विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।
बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेलले ल्याउने प्रस्ताव अनुसार छलफल हुने बुझिएको छ । ‘बैठ्क दिउँसो २ बजेका लागि बोलाइएको छ ।’ एक नेताले भने, ‘बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल हुनेछ ।’
यसअअघि कार्यदलले काम पुरा नगरेका हल्ला फैलाएको भन्दै असन्तुष्टिसमेत जनाएको थियो । पुस १३ गते पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको थियो । पार्टी एकीकरणको आठ महिना वितिसक्दा पनि सांगठनिक एकताले पूर्णता पाउन सकेको छैन । दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तह अझै एकतावद्ध हुन सकेको छैन । विभिन्न कमिटीले अझै कामचलाउकै अवस्थामा रहेको छ । पार्टी एकतालाई टुंगोमा पु¥याउन गठित कार्यदलले काम गर्न समेत सकेको छैन । यसले असन्तुष्टि बढाएको छ ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा ६ महिनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएको थियो । पार्टी एकता कै काम पुरा गर्न पटक–पटक नेकपाले चार पटक कार्यलदल वनायो तर अहिलेसम्म पनि उक्त विषय टुंगो लागिसकेको छैन् । पछिल्लो पटक गठन भएको रामवहादुर थापा नेतृत्वको कार्यदलले समयसीमा पार गरिसक्दासमेत जिम्मेवारी पूरा गर्न नसकेपछि कार्यदलका संयोजक थापा र महासचिव विष्णु पौडेलको कार्यक्षमतामा नै प्रश्न उठ्न थालेको छ ।
प्रतिक्रिया