भानुभक्त विन्टर कप बास्केटबलमा २० टिम

भानुभक्त विन्टर कप बास्केटबलमा २० टिम


भानुभक्त मेमोरियल स्कुलको आयोजनामा तेस्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिता माघ २५ गते शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा छात्रतर्फ १२ तथा छात्रामा ८ टिमको सहभागिता रहने भानुभक्तका बास्केटबल प्रशिक्षक विकास बोटेले जनाएका छन् ।

छात्रलाई ४ तथा छात्रालाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । छात्रमा विल्सन एकेडेमी तथा छात्रामा ग्रिनल्यान्ड डिफेन्डिङ च्याम्पियन हुन् । साताव्यापी प्रतियोगितका खेलहरू पानीपोखरीस्थित आयोजककै कोर्टमा हुनेछन् ।