एस कलेजको आयोजनामा आठौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिता माघ २५ गते शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजक एस र डिफेन्डिङ च्याम्पियन मल्पीसहित ८ ब्वाइज टिमको सहभागिता रहने माघ २३ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा एसकी प्रोग्राम हेड मिलिना ताम्राकारले जानकारी गराइन् ।
सहभागी टिम दुई समूहमा रहेर लिग कम नकआउट आधारमा खेल खेल्नेछन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुनेछ । एक सातासम्म चल्ने प्रतियोगिताका खेलहरू गैरीगाउँमा हुनेछन् ।
प्रतिक्रिया