गण्डकी प्रदेश, शान्तिदीप युवा क्लब र नमुनादीप युवा क्लब समूहमा पहिलो स्थान हासिल गर्दै मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशले माघ २३ गते बुधबार सम्पन्न दुवै खेलमा जित हात ग¥यो । पहिलो खेलमा तीन नम्बर प्रदेशलाई २६–२४, २५–९, २५–१९ ले पराजित गरेको हरि पाण्डेको नेतृत्वमा रहेको गण्डकी प्रदेशले सात नम्बर प्रदेशलाई २५–१८, २५–२०, २५–१९ ले हराउँदै समूह ‘क’मा पहिलो स्थान हात पारेको हो । सात नम्बर प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘घ’को खेलमा शान्तिदीपले प्याराडाइजलाई २५–१९, २५–१८, २५–१७ ले हरायो । समूह ‘ग’को खेलमा नमुनादीपले दुई नम्बर प्रदेशलाई २५–१९, २५–२३, २५–१२ ले हरायो ।

माघ २४ गते बिहीबार हुने क्वार्टरफाइनल खेलमा गण्डकी प्रदेशले दुई नम्बर प्रदेश, शान्तिदीपले कर्णली प्रदेश, नमुनादीपले तीन नम्बर प्रदेश तथा प्याराडाइजले एक नम्बर प्रदेशको सामना गर्ने छन् । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
कुल ७ लाख २५ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ६ प्रादेशिक टोलीसहित रामेछापका तीन टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया