इपिजीको प्रतिवेदनबारे राजदूतको गोलमटोल जवाफ

इपिजीको प्रतिवेदनबारे राजदूतको गोलमटोल जवाफ


भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भइ द्विपक्षीय सम्बन्धमा गहन प्रतिवेदन तयार हुनु सबैभन्दा ठूलो उपलब्धि भएको धारणा सार्वजनिक गरेका छन् ।

शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा राजदूत आचार्यले विगतका कुराबाट दुवै देशले पाठ सिकेर अघि बढ्नुपर्ने बताए । विगतका विभिन्न राजनीतिक दलका प्रतिनिधि नेपालमा प्रधानमन्त्री हुँदा भारत र नेपालबीच कस्तो सम्बन्ध थियो र अब कस्तो सम्बन्ध हुनुपर्छ भन्ने प्रतिवेदन नै इपिजी प्रतिवेदन हो भन्दै उनले प्रतिवेदन आइसकेपछि कसरी कार्यान्वयन गर्ने भन्ने कुरा दुई देशका सरकारमा निर्भर रहने प्रष्ट्याए ।

इपिजीको प्रतिवेदन अलपत्र नै पो पर्ने हो कि भन्ने प्रश्नमा उनले गोलमटोल जवाफ दिए । प्रतिवेदन अलपत्र परिरहेकोबारे कुनै प्रष्ट धारणा दिनुको साटो ‘अब दुवै देशले शङ्काबाट नभई धैर्यतापूर्वक अघि बढ्नुपर्ने बेला आएको’ जवाफ दिएर उनी पन्छिए ।