राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगित २०७५ सालमै हुने दाबी गरेका छन् ।
राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको ‘स्पोर्ट्स क्वाटरली’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शुक्रबार सदस्य–सचिव विष्टले भने– ‘आठौँ राष्ट्रिय खेलकूद हुन्छ कि हुँदैन भन्नेमा कसैले द्विविधा नराखे हुन्छ । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालमै हुन्छ । कुनै हालतमा रोकिन्न ।’
उनका अनुसार आठौँ राष्ट्रिय खेलकूदका लागि जिल्ला छनोट भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । सरकार, खेलकूद मन्त्रालय र राखेप आठौँ राष्ट्रिय खेलकूद गर्नेमा प्रतिबद्ध छ ।
प्रतिक्रिया