अर्किड कप अन्तरविद्यालय फुटबल हुने

अर्किड कप अन्तरविद्यालय फुटबल हुने


अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता माघ २९ गते मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ४० छात्र टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमुकमार भुजेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

शीर्ष ४ स्थानमा रहने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिनेछ । पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अर्किडका प्रिन्सिपल चालेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

सिक्स ए साइड स्वरूपमा हुने प्रतियोगिता नकआउट आधारमा हुनेछ । खेलहरू काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछन् । डिफेन्डिङ च्याम्पियन नेक्सस दोस्रो संस्करणको पनि विजेता हो । पहिलो संस्करणमा बेस्ट ग्रुप च्याम्पियन भएको थियो । फाइनल फागुन १० गते हुनेछ ।