दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत

दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत


पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तानविरुद्धको पाँच खेलको टी–२० शृंखलामा शानदार जित हासिल गर्दै नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

पाकिस्तनमा भएको ५ खेलको शृंखलामा नेपालले ४ खेलमा जित हात परेको थियो । दोस्रो खेल वर्षाका कारण हुन सकेन ।