विश्व च्याम्पियन महेश्वर सम्मानित

विश्व च्याम्पियन महेश्वर सम्मानित


नेपाल स्क्वास ¥याकेट्स संघले १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई माघ २६ गते शनिबार नगदसहित सम्मान गरेको छ । महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले नगद १ लाख १ हजार र प्रशंसापत्र प्रदान गरी सम्मान गरेका हुन् ।

थाइल्यान्डको चाइमाईमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।