मिति मिलाएर गरिएका नेविसङ्घका निर्णय बदर

मिति मिलाएर गरिएका नेविसङ्घका निर्णय बदर


नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरेका मनोनयनसम्बन्धी निर्णय काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले बदर गरेको छ । सङ्घका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि काङ्ग्रेसले सो निर्णय गरेको हो ।

सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि सङ्घका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिएका र सोही दिन राजीनामा स्वीकृत भएको थियो ।