रेडिअन्ट पब्लिक र आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको रेडिअन्ट सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । न्यु भिजन सिनियर छात्रामा पहिलो भयो । सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले नेरिक एकेडेमीलाई ५३–४९ ले पराजित ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २० अंक जोडे । ग्रामरले तेस्रो स्थानमा चित्त बुझायो ।
जुनियर छात्र फाइनलमा पनि रेडिअन्टले नेरिकलाई नै ४३–३२ ले हरायो । रेडिअन्टका प्रस्तुत पौडेलले १६ स्कोर गरे । ग्रिनफिल्ड तेस्रो भयो । कोटेश्वरस्थित घरेलु कोर्टमा भएको सिनियर छात्राको उपाधि भिडन्तमा न्यु भिजनले जेनिअम नेसनल एकेडेमीमाथि २५–१३ को जित दर्ता ग¥यो । न्यु भिजनका लागि मनीषा गुरुङले १२ अंक जोडिन् । ग्रामर तेस्रो स्थानमा रह्यो ।
सिनियर छात्रमा रेडिअन्टका उपेन्द्र बस्नेत, जुनियर छात्रमा रेडिअन्टकै राज रोक्का र सिनियर छात्रामा न्यु भिजनकी मनीषा गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर छात्रमा इरिस एकेडेमीका उज्ज्वल लिम्बू, जुनियर छात्रमा नव ज्योतिका सुनील थापा मगर र सिनियर छात्रामा रेडिअन्टकी अशु गौतम उदीयमान खेलाडी चुनिए । सिनियर छात्रमा ग्रामरका विश्वास राई, जुनियर छात्रमा नेरिकका भुवन थापा र सिनियर छात्रामा जेनिअमकी रोजी थापा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई नेपाल बास्केटबल संघका सचिव फणीन्द्रमान श्रेष्ठ, न्यु भिजन सञ्चालक समितिका अध्यक्ष टीकाराम काफ्ले, न्यु भिजन व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर राम भारती, न्यु भिजनका प्रिन्सिपल गणेशकुमार भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर छात्रमा १४ तथा सिनियर छात्रा र जुनियर छात्रमा समान ८–८ टिम सहभागी थिए ।
प्रतिक्रिया