हिसान फुटसलमा गोल्डेनगेट च्याम्पियन

हिसान फुटसलमा गोल्डेनगेट च्याम्पियन


गोल्डेनगेट इन्टरनेसनल कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत छात्रा फुटसलको उपाधि जितेको छ । गोल्डेनगेटले फाइनलमा जेभियर इन्टरनेसनल कलेजलाई २–० गोलले पराजित गऱ्यो । गोल्डेनगेटकी मनीषा बाँस्कोटा उत्कृष्ट खेलाडीका साथै सर्वाधिक स्कोरकर्ता बनिन् । यसअघि ब्वाइजतर्फ नवोदितले टाइम्सलाई ५–४ गोलले हराउँदै पहिलो भएको थियो ।

छात्र बास्केटबलमा मोर्गनले ऋत एकेडेमीलाई ५७–३० तथा जेभियर इन्टरनेसनल कलेजले काठमाडौं भ्यालीलाई ६५–२२ ले पराजित गरे । वक्तृत्वकला प्रतियोगितामा ऋतका अखिल भुसाल पहिलो, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट कलेजका अंशु वाग्ले दोस्रो र सीसीआरसीकी शिवानी मैनाली तेस्रो भए । कविता प्रतियोगितामा एम्बिसनकी प्रेरणा भट्टराई पहिलो तथा सीसीआरसीकी उत्सिका आचार्य दोस्रो स्थानमा रहे ।