प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ

प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ


घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञमा रु. ९० लाखभन्दा बढी दान संकलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु. ९० लाख दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा हिजो मंगलबार एकै परिवारले रु. २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दानिवासी घनश्याम वलीका परिवारले रु. २० लाख ११ हजार १११ दान गरेका हुन् ।

ठूलो रकम दान दिनेहरूमा घोराही उपमहानगरपालिका–६ बचानिवासी केशव महराले रु. ६ लाख ८० हजार, चोरगाउँनिवासी जगवीर चौधरीले रु. पाँच लाख ६१ हजार, पन्नेपुरनिवासी चूर्णबहादुर वलीले रु. दुई लाख ७१ हजार पाँच, वडा नं. ७ निवासी रेवतादेवी योगी र छोरा वलदेव योगीले रु. तीन लाख एक हजार १०५ रहेको छ । वडा नं. १६ सर्रा निवासी प्रवीण भण्डारी र आमा बोधादेवी भण्डारीले रु. दुई लाख पाँच हजार ५५५ र बाँके जिल्ला कोहलपुरनिवासी प्रमोद श्रेष्ठ र मीना श्रेष्ठले रु. एक लाख १६ हजार १११ दान दिएको समितिले जनाएको छ । महायज्ञमा मुख्यवाचक पण्डित अमृतशरण देवाचार्य रहेका छन् ।

विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेखबहादुर वलीले सबैमा अनुरोध गरेका छन् । यही माघ २२ गतेदेखि शुरु भएको महायज्ञको आज (बुधबार) समापन हँुदै छ ।