स्कुलबस र टेम्पो ठोक्किँदा एकको मृत्यु

स्कुलबस र टेम्पो ठोक्किँदा एकको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा बुधबार बिहान स्कुलबस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ख ४९०४ नम्बरको स्कुलबस र विपरीत दिशाबाट आउँदै गरेको ना.३च ३४२० नम्बरको टेम्पो एक–आपसमा ठोक्किँदा टेम्पोमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।