करोडौँको जग्गा प्रदान गर्ने पूर्वएआईजी थापा सम्मानित

करोडौँको जग्गा प्रदान गर्ने पूर्वएआईजी थापा सम्मानित


झापाको दमकमा कभर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तथा हक्कीका पूर्वखेलाडी अमरसिंह शाहलाई खेलकुद विकास समिति झापाले फागुन १ गते बुधबार सम्मान गरेको छ ।

खेलकुद विकास समितिले एक विशेष कार्यक्रमको आयोजना गर्दै दमक नगरपालिका– ९ निवासी जग्गादाता अमरसिंह शाहलाई खादा लगाएर सम्मान गरेको हो । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तथा हक्कीका पूर्वखेलाडीसमेत हुन् ।
शाहलाई खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, नेपाल हक्की संघका सचिव रञ्जन थापा, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनाली, खेल प्रशिक्षक, पत्रकारलगायतको खादा लगाएर सम्मान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदले खेलकुद विकास समितिमार्फत दमकमा कभर्ड हल निर्माणका लागि बजेट निकासा गरेपछि शाहले दमक ९ मा १० कट्ठा जमिन खेलकुदका लागि निःशुल्क प्रदान गरेका हुन् ।

बहुवर्षीय योजनाअन्तर्गत रहेको कभर्ड हल निर्माणका लागि परिषदले चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेपछि केन्द्र प्रसाईंको नेतृत्वमा नारायण ज्योति बहुउद्देश्य कभर्ड हल निर्माण उपभोक्ता समिति गठन गरिसकेको छ ।