आज ४ बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

आज ४ बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै


प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नेछन् । संघ र प्रदेशको निर्वाचनपछि ०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सहभागिता रहने बताइएको छ ।