महासचिव गुरुङलाई निलम्बन गर्न छानबिन कमिटीको सिफारिस

महासचिव गुरुङलाई निलम्बन गर्न छानबिन कमिटीको सिफारिस


नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङको दोहोरो नागरिकता, खेलाडी र प्रशिक्षकहरूमाथि भएको अन्याय–अत्याचारको सम्बन्धमा छानबिन गर्न २० असार ०७४ मा सदस्यसचिवस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समिति राष्ट्रिय खेलकुद परिषदका सदस्य देवकुमार अधिकारी (बद्री)को संयोजकत्वमा गठन भएको थियो ।

राखेपका सदस्य बद्री संयोजक रहेको उक्त छानबिन समितिले २९ माघ ०७५ मा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा महासचिव दीपराज गुरुङलाई तत्काल निलम्बनमा राख्ने र दोहोरो नागरिकताबारे सम्बन्धित निकायमा पत्राचार गर्ने सिफारिस गरेको बुझिएको छ ।

त्यस्तै छानबिनका क्रममा असहयोग गरेका कारण छानबिन समितिका सदस्य तथा खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापालाई तत्काल कारबाहीको लागि सिफारिस गरेको पनि बुझिएको छ ।