‘समृद्धिको तिर्खा मेटाउन समृद्ध नेपाल, सुखी नेपालीको नारा’ : प्रम ओली

‘समृद्धिको तिर्खा मेटाउन समृद्ध नेपाल, सुखी नेपालीको नारा’ : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

गत साल ३ फागुनमा आफ्नो नेतृत्वमा सरकार गठन भएपछिको एक वर्षमा आफ्नो नेतृत्वको सरकारले गरेका उपलब्धि र भावी कार्यक्रम प्रधानमन्त्रीले सम्बोधनका क्रममा उल्लेख गरे । आफ्नो नेतृत्वको सरकारको एक वर्ष संघीयता, सुशासन र समृद्धिको आधार वर्ष रहेको सम्बोधनका क्रममा उनले बताए ।

देश विकासका आधार तयार भएकोले आगामी वर्षहरूमा जनताले अनुभूत हुनेखालको विकास देशमा हुनेमा जनतालाई विश्वस्त हुन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

सरकारले एक वर्षमा समृद्धिको लहर ल्याइरहेको दाबी गर्दै उनले विकास र समृद्धिलाई सँगैँसँगै लैजान खोज्दा असैह्य भइर खुट्टा तान्न खोज्नेहरू अत्तालिएको आरोप पनि उनले लगाए । सरकारमा आउँदा अघिल्लो सरकारले थाती राखेका कामलाई आफू नेतृत्वको सरकारले कार्यान्वयनको दिशामा लगेको जिकीर गरे ।

संविधानको मौलिक हकमा १६ कानुन निर्माण भएको, २५ कानुन निर्माणको क्रममा रहेको, २३ विधेयक संसदबाट जारी भएको, ४७ नियमावलीहरू परिमार्जन भएका र एक वर्षमा ३३ निर्देशिका जारी भएका पनि उनले प्रष्ट्याए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफूले मुलुकमा यतिबेला जागेको समृद्धिको तिर्खा बुझेर अघिसारेको बताए ।

हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ-

[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/02/PM-Speech-on-OneYear-Completion-Of-Government.pdf”]