जुनेली रात-मायामितु न्यौपाने

जुनेली रात-मायामितु न्यौपाने


जुनेली रातमा
फेवातालमा
डुङ्गा ख्याउँदै
एउटा माझी
आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ
छाया हेर्दै तरङ्गित पानीमा ।

भुइँमा खस्न लागेको उज्यालो
बिहानीको प्रथम प्रहरमा
आफ्ना दु:खद् पलहरू उनेर गीतमा
ऊ गाउँछ
आफ्ना प्रेयसीका यादहरू
जो हराएकी थिई कुनै दिन
जुनेली रातमा फेवाको गर्भमा ।

जुनको किरण पर्दा अनुहारमा
मुस्कुराउने नीलो फूल त हो
उसकी प्रेयसी
जसको मुस्कानमा उदाएको जुन देखेर
फेवाको छातीमा
बाँच्न खोज्छ ऊ
अर्को पूरि्णमासम्म
उसकै यादमा ।

सुन प्रचण्ड-वामदेव पण्डित ? वर्ष ९६)
पुष्पकमल दाहाल हुन् प्रचण्ड पनि भन्दछौँ
उहाँको नाटक हेर्दै जनता छक्क पर्दछौँ

कहिले मोहन वैद्य, कहिले बाबुराममा
मिलेर नाटक गर्र्छौ बस्तछौ सुखधाममा

अहिले पिल्सिएका छौ आन्तरिक विवादमा
ती दुवै शक्ति टेढा भै परेका छौ फसादमा

पासा सकुनीले खेल्ने साथमा छ तिमीसित
हुनैपर्छ तीखो पासा खेल्दै छौ पनि हरि्षत

मौकामा हान चौकाको दाउ ठीक भनीकन
मन्त्री प्रधानमा ल्याऊ डा. बाबुराम लौन न

मूतको न्यानु भनेर सामान्य सुत खाटमा
त्यो तीन लाखको खाट छैन कि हाल साथमा

भाद्र चौध उतालाई सुरसार मिलाउन
शासनाध्यक्षमा शीघ्र, पर्छ बाबुराम ल्याउन

बूढाको अर्ती मान्नु र मुढाको अग्नि तापनु
छयानब्बे पुगेँ वर्ष सुझाब शिर थापनु

सर्वोच्च छौ तिमी नेता प्रचण्डजी कुरो सुन
थाम्न सके तिमी हौला, अघिको कीर्ति त्यो सुन ।

ब्रह्माको सय वर्ष-तुलसीराम पोखरेल ँनिर्दोषी’
नरुनु पैसालाई
नधुनु पैसालाई
एउटा माध्यम चाहिन्छ
इन्द्रियको सत्ता छ मनसँग ।
घरको लालपूर्जा तपाईंसँग छ
तपाईंको लालपूर्जा कोसँग छ ?
खोला तपाईंको हो ? र
धर्म हृदयमा हुन्छ
कर्म हातमा हुन्छ
तर पैसा कसैको होइन ।
मान्नुस्- पृथ्वी पैसा हो
जल पैसा हो
आकाश पैसा हो
तेज पैसा हो
वायु पैसा हो ।
तारा के हो ?
नक्षत्र के हो ?
ब्रह्माण्ड के हो ?
जल-थलचर पैसै होला
तर यो माया हो
तृष्णा नगर ।
पत्नी कसको हो ?
छोरा-छोरी कसको हो ?
तमसुक छैन ।
दौलत मद हो- मन नफाल
दृश्य सबै झुटा हो- कट्टर नबन ।
हुन त फोकटमा
एक फाँको कनिका कसैले दिँदैन
मुटु चले धन हो देह
नत्र त्यो मिथ्या ।
तमगुण बढ्दै छ
ब्रह्माको सय वर्ष पुग्दै छ ।
– पाल्पा, रामपुर-३, हाल : सामाखुसी