जाजरकोटमा बस दुर्घटना, चार जनाको मृत्यु

जाजरकोटमा बस दुर्घटना, चार जनाको मृत्यु


नेपालगञ्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ को बस भेरी नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । बस खलंगा–रिम्ना सडक खण्डको भेरी नगरपालिका १, पिपेगाउँ भन्दा दुई किलोमिटर अगाडि भेरी नदीको किनारमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । मृतकको सनाखत हुन सकेको छैन् । मृतकहरु सबै पुरुष छन् भने घाइते मध्ये एक जना महिला छन् । दुर्घटना बिहीबार साँझ ७ बजेतिर भएको हो ।