अख्तियार आयुक्त पाठकद्वारा राजीनामा

अख्तियार आयुक्त पाठकद्वारा राजीनामा


सरकारसँगको असमझदारीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । आयुक्त पाठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाठकलाई आयुक्त पदबाट राजीनामा गर्न दबाब दिएको स्रोतको भनाइ छ । महाअभियोगसमेत लगाइने त्रास देखाइएपछि उनले राजीनामा दिएको स्रोतको दाबी छ ।

केही समयदेखि प्रधानमन्त्री ओली र आयुक्त पाठकबीच असझदारी बढेको बताइन्छ ।