चट्याङ लागेर आमाछोरा घाइते

चट्याङ लागेर आमाछोरा घाइते


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा शुक्रबार बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते हुनेमा गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश खत्री रहेका छन् । घाइते दुवैजनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था सामान्य रहेको छ ।

घरमै रहेका बेला दुवैजनालाई चट्याङ लागेको हो । सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर ब्याउने भैँसी मरेको छ । चट्याङबाट खत्रीको घरको छानामा लगाइएको टायल फुटेको, विद्युत वायरिङ पूरै जलेको र ट्युवेलमा पानी तान्न राखेको विद्युतीय मोटर जलेको प्रहरी निरीक्षक अवस्थीले बताए ।