सप्तरीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

सप्तरीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आइतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको र ट्रकचालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख १६५१ नम्बरको मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रूखमा ठोक्किएर दुर्घटना भएको थियो ।