६० हजार घुससहित सबइन्जिनियर पक्राउ

६० हजार घुससहित सबइन्जिनियर पक्राउ


कञ्चनपुरमा ६० हजार घुससहित एक सबइन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर हृदयराज बजगाईंलाई ६० हजार घुससहित पक्राउ गरेको हो ।

बजगाईंले निर्माण सम्पन्न भएको पुलको बिल फरफारकबापत सेवाग्राहीसँग घुस माग गरेका हुन् । बजगाईँले सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियारलाई जानकारी गराएपछि उनलाई घुस रकमसहित नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा भएका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ । बजगाईंलाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने तगारी छ ।