नक्कली नेपाली नोटको कारोबारी दम्पति पक्राउ

नक्कली नेपाली नोटको कारोबारी दम्पति पक्राउ


मकवानपुर घर भई पोखरा महानगरपालिका-५ प्रस्याङ बस्दै आएका वर्षीया नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईलसहित आज (सोमबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

ग. १४ प ३५४ नम्बरको मोटरसाइकलमा सवार भई गत माघ २२ गते पोखरा महानगरपालिका-१६ अर्मलाका विभिन्न किराना पसलहरुमा उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लिई फरार भएका थिए । कास्की प्रहरीका अनुसार उनीहरूमाथि गम्भीर अनुसन्धान भइरहेको छ ।