मदिराको नसामा छोरी बलात्कार

मदिराको नसामा छोरी बलात्कार


ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ । मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग बाँडेगाउँमा गत आइतबार बालिका बलात्कारको जाहेरी परेको थियो । पीडकलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थप गरेको छ । बडिखेल स्वास्थ्य चौकीको निर्देशनानुसार पीडित बालिकालाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुऱ्याएको बताइएको छ ।

घरका कोही नभएको मौका छोपी बाबुले दुई दिनअगाडि छोरी बलात्कार गरेको स्वास्थ्य चौकीकी अनमी प्रमिला चालिसेलाई उद्धृत गर्दै राससले जनाएको छ । दुई दिनसम्म अत्यन्त रक्तस्राव भएको गाउँलेले तेस्रो दिन थाहा पाई उपचारका लागि स्वास्थ्यचौकी ल्याएको जानकारी दिँदै उनले पीडितको अवस्था देखेर तत्काल उनलाई पाटन रिफर गरिएको बताइन् ।