जिपी फाउण्डेशनमा सदस्य मनोनित

जिपी फाउण्डेशनमा सदस्य मनोनित


पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी फाउण्डेशन तनहुँले सदस्य मनोनित गरेको छ ।

फाउण्डेशनका संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विधानबमोजिम आठ सदस्य मनोनित गरेको हो । मनोनित हुने सदस्यमा व्यास नगरपालिका–१ का सन्त तामाङ, म्याग्दे गाउँपालिका–५ का खुमकान्त अर्याल, व्यास नगरपालिका–१ का लक्ष्मी श्रेष्ठ, व्यास नगरपालिका–१२ का कृष्णचन्द्र पाण्डे, शुक्लागण्डकी नगरपालिका–८ का अनन्त पौडेल, शुक्लागण्डकी नगरपालिका–१ का घनश्याम भट्टराई, शुक्लागण्डकी नगरपालिका–१ कै गीता परियार र व्यास नगरपालिका–८ का पारस बगाले रहेको जिपी फाउण्डेशन तनहँुले जनाएको छ ।

१३ सदस्यीय कार्यसमिति रहने फाउण्डेशनको विधानमा व्यवस्था रहे पनि हाल नौ सदस्यीय समिति गठन गरिएको र बाँकी सदस्यको मनोनयन छिट्टै गरी समितिलाई पूर्णता दिइने वाग्लेले जानकारी दिए ।