६४ इन्सपेक्टर डीएसपीका लागि सिफारिस

६४ इन्सपेक्टर डीएसपीका लागि सिफारिस


प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा शनिबार राति बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरीले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए ।