हचुवाको भरमा अनुगमन गर्ने सरकारी कार्यशैलीप्रति उद्योगी रुष्ट

हचुवाको भरमा अनुगमन गर्ने सरकारी कार्यशैलीप्रति उद्योगी रुष्ट


उद्योगी–व्यवसायीले अनुगमनका नाममा सरकारले मान मर्दन गर्ने गरेको आरोप लगाएका छन् । उद्योग वाणिज्य महासंघले हचुवाको भरमा अनुगमन गर्ने सरकारी कार्यशैलीका कारण उद्योगी समस्यामा पर्ने गरेको गुनासो गरेको हो ।

उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ ले काठमाडौंमा अयाोजित कार्यक्रममा महासंघले निश्चित मापदण्ड बनाएर अनुगमनलाई मर्या्दित बनाउन सरकारसंग माग समेत गरेको छ । विद्यमान व्याजदरमा समृद्धि संभव नभएको भन्दै व्याजदर घटाउन माग गर्दै सरकार उद्योगीप्रति लचिलो हुनुपर्नेमा समेत जोड दिएका थिए ।

तीन नम्बर प्रदेशको उद्योग वाणिज्य महासंघले समेत उद्योगीलाई सहयोग गर्दै ऋण प्रवाहमा देखिएको जटिलता हटाउन सरकारसँग माग गरेका थिए । साथै व्याजदर घटाई व्यवसायीलाई औद्योगिक सुरक्षाको प्रत्याभुति दिनुपर्ने उनीहरुको माग थियो ।