✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ ९ गते तद्अनुसार सन् २०२६ जुन २३ तारिख मंगलबार शुद्ध ज्येष्ठ शुक्ल पक्षको नवमी तिथि हस्ता नक्षत्र वरियान योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।
आजको राशिफल
मेष – गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने दिन छ । चिताएको काम बन्नाले मन रमाृउला । रोकिएको काम बन्नाले सुखको अनुभव हुनेछ । धन आर्जनको नयाँ उपाय पत्ता लाग्ने योग छ । परिस्थितिको लाभ उठाउन आफूलाई जागृत तुल्याउने प्रयत्न गर्नुहोला ।
वृष – नसोचेको काम बन्ने दिन छ । कर्मसिद्धिले सुखको अनुभूति दिलाउला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुने देखिन्छ । नोकरीमा दिन उत्साहवद्र्धक नै रहला । अनेक किसिमका फाइदा मिल्ने योग छ । धन, मान–पुरस्कार प्राप्त हुने देखिन्छ । मिहिनेतले रोकिएको काम बन्नेछ । सामथ्र्य वृद्धि होला । आरोग्यबल बढ्नेछ ।
मिथुन – मिश्रित फलदायी समय छ । बौद्धिक क्रियाकलाप बढ्नुका साथै अर्थसम्बन्धी रोकिएका काम पनि सम्पन्न हुने देखिन्छ । सबल स्वास्थ्य खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा पर्नुबाट जोगिन ब्यवहारमा अत्यन्त सचेत रहनुहोला । यात्राको क्रममा सावधान रहनु हितकर हुनेछ । सन्तानपक्षबाट सुख बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट – विचार र ब्यवहारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । सामाजिक तथा परोपकारी कार्यमा विशेष आकर्षण रहनेछ । नियमित काममा पनि जाँगर वृद्धि हुने देखिन्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मित्रजनबाट रमाइलो खबर सुन्न पाइएला । खर्च भने केही बढ्न सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।
सिंह – शुभदायी समय छ । आयआर्जनमा वृद्धिका साथै आश मारेको धन प्राप्तिले उत्साह जगाउने योग छ । सहृदयी मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । आयबल वृद्धिले मन प्रफुल्ल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख–सुविधाको वस्तुमा खर्च हुने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । समयको समुचित लाभ उठाउने प्रयत्न गर्नुहोला ।
कन्या – केही सुख केही दुःखको अनुभूति हुने समय छ । आफन्त एवम् मित्रजनको साथले रमाइलो अनुभूति भएपनि आर्थिक समस्याका कारण मन चिन्तित रहन सक्छ । घरमा पाहुना आगमनको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । कतै टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस होला । साझेदारीको काम बन्नेछ ।
तुला – सहयोगीहरूको साथ दिए पनि कार्यसिद्धिका लागि कठिन पर्ने समय छ । सानातिना काममै आजको महत्वपूर्ण समय बित्न सक्छ । व्यर्थको खर्च पनि बढ्ने सम्भावना छ, मितििव्ययता अपनाउनुहोला । सामाजिक कार्यले मान प्रतिष्ठा दिलाउनेछ । पारिवारिक जमघट र मिठो भोजन प्राप्तिको योग छ । सन्तानपक्षबाट सुख मिल्ने देखिन्छ ।
वृश्चिक – अवसरको खोजीमा दौडधुप हुनसक्ने दिन छ । नियमित कार्यमा विशेष सफलता मिल्ने र त्यसबाट सुखको अनुभव हुनेछ । बौद्धिक तथा रचनात्मक कामले प्रशंसा दिलाउलाा । आजको दिन स्वास्थ्य केही कमजोर भएको अनुभूति होला । अनावश्यक यात्राको योग छ, ब्यर्थको यात्रा नगर्नु हितकर होला । नियमित खर्च वृद्धि हुन सक्छ, सजग रहनुहोला । आफन्तजन एवम् विपरीतलिंगी मित्रको साथले उत्साह वृद्धि गर्नेछ ।
धनु – बौद्धिकता र रचनात्मकता वृद्धिको समय छ । अध्ययन–अध्यापन कार्यमा सफलता मिल्नुका साथै धर्मकर्ममा रुचि बढ्ने देखिन्छ । मातापिता तथा टाढिएका आफन्तजनसँगको भेटघाटले मन हर्षित रहला । परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ । आजको दिन खर्च भन्दा कमाई नै बढी हुने योग छ । साझेदारीको काम बन्नेछ । कुनैपनि समस्याले सहज निकास पाउने देखिन्छ ।
मकर – शुभदायी समय छ । सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएलान् । विशेषतः विपरीतलिङ्गी पात्रबाट मिलेको हौसलाले मन प्रफुल्ल रहने योग छ । प्रेमभावका साथ साहस वृद्धि हुनेछ । आर्थिक क्रियाकलापले सकारात्मक मोड लिने तथा धनलाभको योग छ । पारिवारिक सुख प्राप्त होला । ब्यापार–व्यवसायमा पनि फाइदाकै समय छ । समस्यामा मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ – आजको दिन केही प्रतिकुल रहन सक्छ । मनमा उदासिनता बढ्ने र महत्वपूर्ण काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुन सक्छन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सजग रहनुहोला । इष्टमित्रहरुसँग असमझदारी तथा मुद्दा-मामिलाको योग छ, ब्यवहारमा सजग रहनुहोला । कुनै महत्वपूर्ण कार्ययोजनाको तयारीमा हुनुहुन्छ भने केही समय थाती राख्नु उचित हुनेछ ।
मीन – पेशागत रुपमा केही समस्या देखिएपनि अन्य दृष्टिले आजको दिन सामान्य नै रहनेछ । सामाजिक क्रियाकलापमा आकर्षण बढ्नुका साथै परोपकारी कर्मले प्रतिष्ठा पनि दिलाउला । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ । नोकरीमा केही झमेला ब्यहोर्नुपरेपनि अन्ततः तपाईंको कामको प्रशंसा नै होला । मित्रजनहरूका साथ ब्यस्तता वृद्धि हुने देखिन्छ । खर्च नियन्त्रणको लागि सजग रहनुपर्ने देखिन्छ ।
प्रतिक्रिया