फेरि सुरु भयो सांसद खरिद अभियान, देउवाले राखे नयाँ कीर्तिमान

फेरि सुरु भयो सांसद खरिद अभियान, देउवाले राखे नयाँ कीर्तिमान


‘देशमा जतिसुकै परिवर्तन भए पनि बोकाले घाँस खान छोड्दैन’ भन्ने उक्तिको चरितार्थ नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले गर्नुभएको छ । पन्ध्र वर्षअघि प्रधानमन्त्री रहँदा सत्तामा टिक्न सांसद खरिद गरेर संसारलाई चकित पार्नुहुने देउवा यसपटक आफ्नै पार्टीका सभासद् खरिद गरेर नयाँ कीर्तिमान कायम गर्ने अभियानमा सरिक हुनुभएको छ । पन्ध्र वर्षअघि विपक्षी पार्टीका सांसदलाई मदिरा, नगद र सुन्दरीसमेत उपलब्ध गराएर ‘चर्चित’ बन्नुभएका देउवाले यसपालि काङ्ग्रेसका सभासद्हरूलाई नगदबाहेक के-के उपलब्ध गराउनुहुने हो यकिन भइसकेको छैन । तर, केही कमजोर र ठाउँ नपाएका सभासद्हरूलाई ‘आफ्नो’ बनाउन उहाँले त्यस्ता सभासद्हरूको पहिचान गरी सूचीसमेत तयार गरिसक्नुभएको छ । देउवाले रामचन्द्र पौडेलका पक्षमा रहेका र केही तटस्थ ठानिएका सभासद्हरूलाई आफ्नो पक्षमा ल्याउन आफ्ना हितैषीहरूलाई परिचालन गर्नुभएको छ । देउवाले खरिद गर्न सकिनेहरूको सूचीमा दूधकुमारी हमाल, मोहम्मद सिद्दिकी, रत्ना शेरचन, नीरज पुन, रामेश्वर रौनियार, अमृतलाल राजवंशी, रामकृष्ण यादव, विमला नेपाली, खड्गबहादुर बस्याल, किरण यादव, रमा गुरागाईं, ललिता किङरिङ मगर, चन्द्रीराम तमाटा आदिको नाम राख्नुभएको बुढानीलकण्ठ सूत्रले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनाउन सहयोग र समर्थन गर्ने आश्वासन दिनुभएपछि देउवाले काङ्ग्रेस संसदीय दलको नेता बन्न हस्ताक्षर अभियान सञ्चालन गरिरहनुभएको छ । देउवालाई मौखिक वचन दिनेहरूको सङ्ख्या बहुमत पुगिसकेको भए पनि हस्ताक्षरकारीहरूको सङ्ख्या चालीस नघाउन सक्नुभएको छैन । बहुमत पुग्न देउवाले कम्तीमा सन्ताउन्न सभासद्को समर्थन आफूलाई भएको प्रमाणित गराउनुपर्नेछ । यसक्रममा कम्तीमा अठचालीसजनाले आफूलाई मतदान गर्ने निश्चित भए पनि बाँकी नौजना कसरी पुर्‍याउने देउवाको मूख्य चिन्ताको विषय बनेको बताइन्छ । केही सभासद्लाई आफू प्रधानमन्त्री बनेपछि मन्त्री बनाइदिने आश्वासन दिएर देउवाले आफ्नो पक्षमा पार्नुभएको छ भने केहीलाई नगदमै ‘डिल’ गर्ने प्रयास उहाँले गरिरहनुभएको छ । मन्त्री पदको आश्वासन पाएका केही सभासद्हरू भित्रभित्रै देउवाको पक्षमा बहुमत जुटाउन सक्रिय भइसकेका छन् । यसक्रममा दशजनासम्म सभासद् खरिद गर्ने र तिनलाई प्रतिव्यक्ति पचास लाखको दरले पाँच करोडसम्म खर्च गर्ने योजना देउवाले बनाउनुभएको उहाँका निकटवर्तीहरूले बताएका छन् । बुढानीलकण्ठनिकट सूत्रले जनाएअनुसार केही सभासद्ले बैनाबापत केही रकम बुझी पनि सकेका छन् । सभासद् शोभाकर पराजुलीलाई ‘मन्त्री’ दिने आश्वासन दिएर आफ्नो पक्षमा लैजाने योजना देउवाले बनाउनुभएको छ । कसै गर्दा पनि बहुमत जुट्न नसकेमा देउवा पार्टी विभाजन गरेर भए पनि प्रचण्ड-झलनाथको समर्थनमा प्रधानमन्त्री बन्ने सोचमा रहनुभएको बताइन्छ । तर, अहिलेसम्म आफ्नो पक्षमा बहुमत जुट्ने विश्वास देउवाले गर्नुभएको छ ।
यसरी देउवाले संसदीय दलको नेता बन्ने हठ देखाएपछि काङ्ग्रेसको बनिबनाउ एकतामा धक्का पुगेको महसुस गर्न थालिएको छ । माओवादीले देउवालाई प्रधानमन्त्री बनाइदिन्छ भन्ने कुरामा काङ्ग्रेसभित्र आरजु राणा र देउवा स्वयम्बाहेक अरू कसैलाई पनि विश्वास भएको देखिँदैन । कैयन् नेता तथा कार्यकर्ताले देउवालाई भेटेर ‘माओवादीले कुनै हालतमा तपाईंलाई प्रधानमन्त्री बनाउने छैन’ भन्दै दलको नेता बन्ने चक्कर चलाएर विवाद ननिम्त्याउन आग्रह पनि गरिसकेका छन् । तर, देउवाले कसैलाई सुन्नुभएको छैन । कुनै बेला प्रचण्डको ‘मोहनी जालमा’ गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाहरू जसरी परेका थिए, ठीक त्यस्तै अवस्थामा यतिबेला देउवा हुनुहुन्छ । उता रामचन्द्र पौडेलमाथि बहुसङ्ख्यक सभासद्को समर्थन अहिले पनि छ र उहाँ आफूले पद त्याग गर्नुपर्ने कुनै कारण नरहेको ठान्नुहुन्छ । यसअघि उच्च तहमा संसदीय दलको नेता पदलाई लिएर पार्टीमा कुनै सम्झौता या विवाद नभएको र अहिले कसैले आकाङ्क्षा राख्यो भन्दैमा पद त्याग गर्नुपर्ने कुनै बाध्यता नहुने पौडेलको ठम्याइ छ । देउवाले प्रचण्ड, झलनाथ र गैरप्रजातान्त्रिक मुलुकको उक्साहटमा पार्टीभित्र बिग्रह ल्याउन खोजेको पौडेलको ठम्याइ छ । यति हुँदाहुँदै पनि यदि प्रचण्ड र झलनाथले देउवालाई प्रधानमन्त्री बनाउने लिखित प्रतिबद्धता काङ्ग्रेस पार्टीसमक्ष प्रकट गर्छन् भने त्यस्तो अवस्थामा देउवालाई संसदीय दलको नेता बनाउने पक्षमा सबै नेताहरू तत्पर देखिन्छन् ।
यसरी दलको नेतालाई लिएर दुई नेताहरूबीच कलह र तनावको स्थिति पैदा हुने देखिएपछि केही युवा नेताहरू देउवा र पौडेलको ठाउँ कुनै तेस्रो व्यक्तिलाई दिइनुपर्ने भन्दै भित्रभित्रै सक्रिय हुन थालेका छन् । काङ्ग्रेससम्बद्ध सूत्रका अनुसार देउवा र पौडेलका समर्थक भनेर चिनिएका केही युवा नेताले दुवैलाई पन्छाएर डा. रामशरण महत, प्रकाशमान सिंह या विमलेन्द्र निधिमध्ये एकलाई संसदीय दलको नेता बनाउनु उपयुक्त हुने युवा काङ्ग्रेस नेताहरूको धारणा छ । युवाहरूले डा. महतलाई काङ्ग्रेस संसदीय दलको नेतामा अघि सारेर पार्टीको एकता जोगाउने बताएका छन् । नाम प्रकाशित नगर्ने सर्तमा एक युवा नेताले घटना र विचारसँग भने, ‘शेरबहादुरजीबाट अब कुनै पनि आशा गर्नु र्व्यर्थ छ, रामचन्द्रजी दलको नेता छइन्जेल देउवाले बखेडा झिकिरहन्छन् भने पार्टी एकता जोगाउन डा. महतलाई अघि सार्दा ठीक हुने धेरैले ठान्न थालेका छन् ।’

बैठक बस्दै बैठक रोक्दै
उचित कार्यविभाजन नभएसम्म अन्य विषयमा अघि नबढ्ने भन्दै मोहन वैद्य, बाबुराम भट्टराई र महासचिव रामबहादुर थापाको कडा अडानले पूर्वनिर्धारित मंगलबारको माओवादी केन्द्रीय कमिटीको बैठक पनि स्थगित भयो । उनीहरूले कार्यविभाजनमा सहमति भएपछि मात्र कार्ययोजनामा छलफल गर्ने अडान राखेपछि अध्यक्ष प्रचण्डले बुधबारसम्मका लागि बैठक स्थागित गर्नुभएको हो । बैठक बस्नका लागि अध्यक्ष प्रचण्डले उपाध्यक्ष वैद्य र बाबुरामसँग बेग्लाबेग्लै परामर्श गर्नुभएको थियो । छलफल सकारात्मक नभएपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्डले अहिलेको परिस्थितिमा कार्यनीति आवश्यक भएकाले कार्यनीति र कार्यविभाजन सँगै अघि लैजानुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर, उपाध्यक्षद्वयले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै कार्यविभाजनलाई पहिलो मुद्दा बनाउनुभएको थियो ।
आफ्नो प्रस्ताव अस्वीकृत भएपछि प्रचण्ड बैठक स्थगित गरी आन्तरिक परामर्शमा जुट्नुभएको थियो । प्रचण्डले परामर्श गर्दा सरकारमा सहभागी मन्त्री फिर्ता बोलाई त्यस स्थानमा कसलाई पठाउने भन्नेमा केन्द्रित रहेको स्रोतले बतायो । प्रचण्डले मंगलबार महासचिव रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मालगायतका नेतासँग परामर्श गर्नुभएको थियो । स्रँेतका अनुसार अध्यक्ष प्रचण्डले बाबुरामसँग गोप्य भेट गरी सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गर्ने र बाँकी मुद्दा १४ भदौपछि अन्त्य गर्ने गरी अघि बढौँ, कार्यविभाजनको मुद्दालाई थप नचर्काऔँ भनी आग्रह गर्नुभएको थियो । तर, जवाफमा बाबुरामले आफूहरूलाई व्यावहारिक र वैज्ञानिक कार्यविभाजन भए मात्र मान्य हुने बताउनुभएको थियो ।
यसैगरी उपाध्यक्षद्वय वैद्य र भट्टराईले पनि आफूनिकट नेताहरूसँग छलफल गरी दिन बिताउनुभयो । छलफल मंगलबार बिहानबाट साँझ अबेरसम्म चलेको थियो । स्रोतका अनुसार उहाँहरूले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डा र अध्यक्ष प्रचण्डले अघि सार्नुभएको प्रस्ताव तथा सरकारमा जाने नयाँ मन्त्रीहरूको बारेमा छलफल गर्नुभएको थियो । कार्यविभाजन भागवण्डाका आधारमा नभई वैज्ञानिक आधारबाट हुनुपर्ने अडानबाट पछि नहटी केन्द्रीय कमिटीमा सोहीअनुसार प्रस्तुत हुनेमा एकमत रहेका छन् । ‘आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित रहेर कार्यविभाजन गरेपछि अन्य विषयमा अघि बढ्ने भन्ने पहिलेकै मुद्दामा अडिग रहने भन्ने कुरा भएको छ,’ वैद्यनिकट एक नेताले घटना र विचारसँग भन्नुभयो ।
पार्टीबाट सरकारमा सहभागी गराउने भनिएको मन्त्रीहरूको नयाँ टिमका बारेमा समेत छलफल भएको थियो । स्रोतका अनुसार सचिव सीपी गजुरेलको नेतृत्वमा पार्टीले नयाँ मन्त्रीको टिम पठाउनुपर्ने नयाँ प्रस्ताव अघि सार्ने निर्णयसमेत गरेका छन् । उनीहरूले यसअघि आफूहरूले उठाएको मुद्दालाई समर्थन गर्दै अघि बढे पार्टीबाट सरकारमा पठाउँदा श्रेष्ठको नेतृत्व स्वीकार गर्न सकिने बताएका थिए । श्रेष्ठले आफ्ना पक्षमा हस्ताक्षर पनि नगरेको र उल्टै आफूहरूलाई अप्ठ्यारो पार्ने काम गरेकोले त्यसमा सचेत हुँदै अघि बढ्ने निष्कर्ष निकालेका छन् । तर, श्रेष्ठले आत्मसमीक्षा गर्दै आफ्नो पक्षमा हस्ताक्षर गरे सरकारको नेतृत्व गर्नेबारे सोच्न सकिने पनि निष्कर्ष निकालिएको छ ।
बाबुरामनिटक नेता देवेन्द्र पौडेलले भन्नुभयो, ‘हामी मंगलबार दिनभर कार्यविभाजन र सरकारमा पठाउने नयाँ मन्त्रीहरूको छनोटबारे आन्तरिक तयारीमा रह्यौँ ।’ अध्यक्षले वैज्ञानिक र सामूहिक नेतृत्व प्रणालीअर्न्तर्गत अघि बढ्ने सहमतिका साथै सबै नेताको कार्यविभाजन गर्ने विषयमा सहमति नभएसम्म अघि बढ्न नसकिने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष्ँले ल्याएको प्रस्तावका बारेमा हामी प्रवेश नै गरेका छैनौँ, मूल कुरा व्यावहारिक वैज्ञानिक रूपमा नै कार्यविभाजन हुनुपर्‍यो नि ।’
यसैगरी महासचिव रामबहादुर थापाले पनि वैद्य, बाबुरामलगायत आफूनिकट नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका थिए भने उपाध्यक्ष नारायणकाजीले आफूनिकट नेताहरूसँग आफ्नै निवासमा दिनभर छलफल गर्नुभएको थियो ।

जर्नेल बढुवापछि यी नेता चिन्तित
नेपाली सेनाको ‘तीनतारे’ जनरल पदमा भएको गौरवशमशेर राणाको बढुवालाई माओवादी अध्यक्ष प्रचण्डले सरकारको गम्भीर भूलका रूपमा सार्वजनिक टिप्पणी गर्नुभएपछि बढुवा प्रकरणको रहस्य थप गहिरिएको छ । गौरवशमशेर राणा र नेपालभूषण चन्दलाई एकै दिन एकैपटकमा बढुवा गर्न प्रधानसेनापति छत्रमान गुरुङले गर्नुभएको सिफारिसका आधारमा दुवै जनरलको बढुवा गरिनुपथ्र्यो भन्ने माओवादी अध्यक्षको भनाइ रहेको छ । प्रचण्ड मात्र होइन, काङ्ग्रेसका शेरबहादुर देउवासमेत चन्दलाई पछि पारिएकोमा अत्यन्त दु:खी हुनुभएको छ । प्रधानमन्त्री झलनाथ खनालले बढुवाको विषयलाई लिएर कुनै टिप्पणी गर्नुभएको सुनिएको छैन, तर सफाइ दिँदै खनालले ‘विष्णु पौडेलले छक्याएको’ जवाफ प्रचण्डलाई दिनुभएको छ । यसबाट प्रधानमन्त्री खनाल, माओवादी अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवा बरियताक्रममा अगाडि रहेका राणालाई प्रधानसेनापति पदमा ‘एकलौटी हक लाग्ने गरी’ बढुवा गरिएकोमा असन्तुष्ट हुनुहुन्छ भन्ने स्पष्ट भएको छ । प्रधानसेनापति छत्रमान गुरुङले त रक्षामन्त्री विष्णु पौडेललाई भेटेर नै असन्तुष्टि जनाइसक्नुभएको छ । ज्ञातव्य छ, सेनापति गुरुङले जनरल चन्दलाई मौका दिन गत वैशाखमै रिक्त स्थान भए पनि उक्त स्थानमा गौरवशमशेरलाई बढुवा सिफारिस नगरी बस्नुभएको थियो र असार २१ गते अर्को एक स्थानसमेत रिक्त भएपछि गौरवशमशेर राणा र नेपालभूषण चन्दको एकै साथ बढुवा सिफारिस गर्नुभएको थियो । सेनापतिको सिफारिसलाई रक्षासचिवले समेत टिप्पणी उठाएर जस्ताको त्यस्तै सदर गरेका थिए । रक्षामन्त्री पौडेलले सचिवलाई सेनापतिको सिफारिस सच्याउन लगाउनुभएन । सायद त्यसो गर्दा गोपनीयता रहनेमा उहाँको शङ्का थियो । मन्त्रिमण्डलमा बढुवा प्रस्ताव पेस गर्दा रक्षामन्त्री पौडेलले गौरवशमशेरको नाम मात्र प्रस्तुत गर्नुभयो र निर्णय पनि भयो ।
यस घटनाले प्रचण्ड र शेरबहादुर देउवासमेतलाई चोट पुर्‍याउनुले थप रहस्य पैदा गराएको हो । आफ्नो बढुवापछि जनरल गौरवशमशेर राणा र जनरल नेपालभूषण चन्दले बेग्लाबेग्लै भोजहरूको आयोजना पनि गरिसक्नुभएको छ । गत साताको शुक्रबार जनरल चन्दले धोबीघाटस्थित उहाँको आफ्नै निवासस्थानमा करिब दुई हजारजनालाई बोलाएर भोज खुवाउनुभएको थियो । भोजको मुख्य आकर्षण हुनुहुन्थ्यो- शेरबहादुर देउवा । देउवाले चन्दलाई पछि पारिएकोमा चिन्ता नलिन आग्रह गर्दै सेनापति बढुवाको समय अझै एक वर्ष बाँकी रहेको र त्यसबेलासम्ममा यहाँ के-के भइसक्नेछ भनी घुमाउरो तरिकाले प्रधानसेनापति बनाइदिने आश्वासन दिनुभएको थियो । देउवाको अभिव्यक्ति सुन्नेहरूले यसलाई गम्भीरताका साथ लिएका छन् । जनरल चन्द पनि गौरवशमशेर राणाझैं एक व्यावसायिक र विवादरहित सैन्य अधिकारीका रूपमा चिनिनुहुन्छ । उहाँ अहिलेसम्म कुनै प्रकारको विवादमा तानिनुभएको पनि छैन । तर, प्रचण्ड र देउवाबीचको अघोषित गठबन्धनले ज्यादा सरोकार राख्नाले नेपाली सेनालाई राजनीतीकरण गर्ने र एक कुशल सैन्य अधिकारीलाई समेत विवादमा तान्ने प्रयास भएको हो कि भन्ने आशङ्का पैदा भएको छ । स्मरणीय छ, शेरबहादुर देउवा जनरल गौरवशमशेर राणालाई पछाडि पार्न सकिनेगरी मात्र बढुवा होस् भन्ने चाहनुहुन्थ्यो र उहाँले आफ्नो यस्तो चाहना आफ्ना निकटवर्तीहरूसँग पनि प्रकट गर्दै आउनुभएको थियो । प्रचण्डले पनि गौरवलाई आफूअनुकूलको ठानिरहनुभएको थिएन । प्रधानसेनापति गुरुङ त राणाको पक्षमा नरहनुभएको घटनाक्रमहरूले नै पुष्टि गरिसकेको छ । आफ्नो पार्टीभित्रको द्वन्द्वमा फस्नुभएका प्रचण्डले पहिले नै सुइँको पाएको भए उहाँले प्रधानमन्त्री झलनाथलाई भनेर गौरवशमशेर एक्लैको बढुवामा रोक लगाउन सम्भव रहेछ भन्ने प्रचण्डको पछिल्लो असन्तुष्टिले स्पष्ट सङ्केत गरेको छ । अब प्रश्न उठेको छ- के झलनाथ, प्रचण्ड या शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा गौरवशमशेर राणालाई प्रधानसेनापति बन्न दिइएला –

हजुरबुबा र नाति एक दिन अघिपछि
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रविक्रम शाहको तिथिअनुसारको जन्मदिवस साउन ४ गते बुधबार तथा पूर्वनवयुवराज हृदयेन्द्रको साउन ५ गते परेको छ । यसरी हजुरबुबा र नातिको जन्मदिवस एक दिन अघि र पछि परेकोले जन्मदिवस बेग्लाबेग्लै प्रकारले मनाउने निधो भएको जानकारी प्राप्त भएको छ । निर्मलनिवासनिकट सूत्रहरूले जनाएअनुसार राजा ज्ञानेन्द्रले तिथिअनुसारको जन्मोत्सव आफ्नो निवासस्थानमै पूजाआजा गरेर मनाउने कार्यक्रम बनाउनुभएको छ । यस अवसरमा उहाँले कुनै सङ्घ/संस्थालाई विशेष सहयोग गर्ने परम्परा कायम राख्दै आउनुभएको छ, तर यसपटक कुन संस्थालाई कस्तो प्रकारको सहयोग पुर्‍याउने सोच राजाले बनाउनुभएको छ, थाहा हुन सकेको छैन । नाति हृदयेन्द्र भने साउन ५ गते आफ्नो तिथिअनुसारको जन्मदिनमा तलेजु भवानीको दर्शन गर्न जानुहुने बुझिएको छ । उहाँ आफ्नी माता हिमानीका साथ तलेजु भवानीको दर्शन गर्न जानुहुने निकटवर्तीहरूले बताएका छन् । उहाँले सोही दिन कुमारीको पनि दर्शन गर्नुहुने बताइएको छ । सर्वसाधारणको दर्शनका लागि वर्षमा एक दिन -बडादशैंको नवमीका दिन -बडादशैंको नवमीका दिन) मात्र खुला रहने तलेजु भवानीको मन्दिर राजपरिवारका लागि भने सधैं खुला रहने परम्परा छ ।
यसअघि गत सोमबार राजा ज्ञानेन्द्रले पेप्सीकोलास्थित टाउनप्लानिङ क्षेत्रमा स्थापित नागेश्वर महादेव मन्दिरको प्राणप्रतिष्ठा गर्नुभएको थियो । त्यस अवसरमा उहाँको स्थानीय बासिन्दाद्वारा भव्य स्वागत भएको थियो । राजाको समर्थनमा विभिन्न नारा पनि लागेका थिए । राजा ज्ञानेन्द्रले सो मन्दिरमा पूजाआजा पनि गर्नुभएको थियो ।

अर्को एउटा बैठक तय
विदेश भ्रमणबाट फरि्कए लगत्तै केही बिरामी पर्नुभएका काङ्ग्रेस सभापति सुशील कोइरालालाई भेट गर्न माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहान सात बजे कोइरालाको निवासस्थान महाराजगन्ज पुग्नुभयो । कोइरालाको स्वास्थ्यस्थितिबारे चासो प्रकट गर्न जानुभएका प्रचण्डले काङ्ग्रेस र माओवादीबीच उच्च तहमा गम्भीर ढङ्गले वार्तालाप गर्नुपर्ने बताउनुभयो । भदौ चौध नजिकिएकोमा आफूलाई निकै चिन्ता लागेको पनि प्रचण्डले सो अवसरमा बताउनुभयो । झलनाथको कार्यशैली ठीक नभएको टिप्पणी गर्दै प्रचण्डले एमालेको भूमिका नै गलत रहेको पनि बताउन भ्याउनुभयो । भेटमा काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्थ्यो । यसरी प्रचण्डले चिन्ता प्रकट गरेपछि काङ्ग्रेस र माओवादीबीच उच्च तहमा साउन ४ गते बुधबार अपरान्ह्र पाँच बजेतिर बैठक बस्ने सहमति भएको छ । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार जस्ता विषयलाई एजेण्डा बनाएर हुन लागेको बैठकमा काङ्ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, शेरबहादुर देउवा, डा. रामशरण महत र डा. मिनेन्द्र रिजालले भाग लिनुहुने भएको छ । माओवादीका तर्फबाट प्रचण्डबाहेक अरू क-कसले भाग लिने हुन् जानकारी हुन सकेको छैन ।

नारायणकाजी महासङ्कटमा
सबैको विश्वासिलो हुन खोज्दा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ -प्रकाश) चरम अविश्वास र सङ्कटको घेरामा पर्नुभएको छ । पार्टी अध्यक्ष्ँ प्रचण्ड तथा उपाध्यक्ष्ँद्वय मोहन वैद्य र बाबुराम भट्टराई सबैको पक्ष्ँमा लागी सोहीअनुसार आफ्नो व्यवहार प्रस्तुत गरिरहनुभएका नारायणकाजीको चाल बुझेपछि यतिबेला उहाँ सबैबाट आशङ्का र तिरस्कारको पात्र बन्दै जानुभएको छ । नारायणकाजी पछिल्लो समयमा वैद्य-बाबुरामको पक्ष्ँमा उभिनुभएपछि एउटा उचाइ लिने सम्भावना देखिएको थियो । ‘तर, दोहोरो भूमिका निर्वाह गर्न थालेपछि पार्टीभित्र झन् बढी तिरस्कारको पात्र बन्नुभएको छ,’ वैद्यनिकट एक केन्द्रीय नेताले भन्नुभयो ।
अध्यक्ष प्रचण्डको फोटोकपी नेताका रूपमा परिचित नारायणकाजीलाई यतिबेला उहाँकै समर्थकहरूले समेत विश्वास गर्न छाडेको ती नेताले घटना र विचारलाई जानकारी दिनुभयो । संसदीय दलको उपनेता बनाउने र सरकारमा सहभागिता जनाउन नयाँ टिम पठाउँदा प्रकाशकै नेतृत्वमा पठाउने सहमतिपश्चात् वैद्य-बाबुराम पक्ष्ँमा उभिनुभएका नारायणकाजीले प्रचण्डसँग पनि त्यस्तैखाले सहमति गर्ने कोसिस गरेको बुझिएपछि उहाँले विश्वास गुमाउनुभएको हो । मन्त्री बन्नका लागि प्रचण्डसँग पनि सम्झौता गर्न खोजेपछि वैद्य-बाबुराम पक्ष्ँधर नेताहरूले नारायणकाजीले धोखा दिएकाले उनको विश्वासमा नपर्न आफ्ना पक्ष्ँधरलाई सजगसमेत गराएको सूत्रको भनाइ छ । ‘ऊ -नारायणकाजी) विश्वास गर्न लायक मान्छे होइन, आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छ त्यसैले सजग रहनुहोला भन्दै आफ्ना पक्ष्ँधर नेताहरूलाई सजग गराइएको छ,’ स्रोतले थप्यो ।
यसैबीच अस्ति सोमबार मात्र महासचिव रामबहादुर थापा बादलसँग नारायणकाजीले आफ्ना समर्थकलाई सन्तुलनमा ल्याउन आफूबाहेक तीन मन्त्री चाहेको बताएका थिए । वैद्य-बाबुरामको पक्षमा दस्तखत नगरे पनि आफू तपाईंहरूकै पक्ष्ँमा रहेको स्पष्ट पार्दै आफूबाहेक तीन मन्त्री नभए सन्तुलन मिलाउन गाह्रो हुने बताएपछि आक्रोशित हुँदै बादलले तपाईं कता लाग्ने हो स्पष्ट हुनुस्, दुईजिव्रे कुरा गरेर झुक्याउन छोड्नुहोस् भन्नुभएको थियो । बादलकोे भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं कता लाग्ने हो त्यो पनि स्पष्ट हुनुस् र जता लागे पनि इमानदारीका साथ लाग्नुस्, प्रचण्डको जस्तो दोग्ला चरित्र त्याग्नुस्, पदका लागि बार्गेनिङ गर्दै हिँड्ने हो भने तपाईंलाई नै समस्या पर्ला ।’ स्रँेतका अनुसार नारायणकाजीले अध्यक्ष प्रचण्डसँग पनि भेट गरी यस्तै प्रस्ताव राखेको जानकारी पाएपछि बादलले उहाँलाई यसरी आक्रोश पोख्नुभएको थियो ।
स्रोतका अनुसार वैद्य-बाबुरामको पक्ष्ँमा उभिएपछि गत हप्ता ललितपुरमा नारायणकाजीले आफू निकटस्थ नेताहरूको सहभागितामा गोप्य भेलासमेत गर्नुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्न महासचिव रामबहादुर थापा बादललाई पनि साथ लिएर भेलामा पुग्नुभएको थियोे । भेलामा बादलले सम्बोधन गरुन्जेल सहभागीले सुनिरहेका थिए । तर, नारायणकाजीले सम्बोधन गर्न लाग्दा सहभागीले चर्को हुटिङ गरे । सहभागीमध्ये केहीले नारायणकाजीलाई पैसा र पदको पछि कुद्ने नेताको संज्ञा दिँदै ‘तपाईं स्वार्थी र धोखेबाज नेताको रूपमा देखिन थाल्नुभएको छ, पहिले तपाईं सुध्रनुस् अनि तपाईंको सम्बोधन सुनौँला’ भन्दै सम्बोधनमा अवरोध सिर्जना गर्नुका साथै केहीले सम्बोधन नै बहिष्कार गरेका थिए ।
समर्थकसहित पार्टीको ठूलो हिस्सा नारायणकाजीको विपक्ष्ँमा लागेपछि वैद्यले आफ्नो पक्षमा हस्ताक्षर गर्न भनेका थिए । तर, उहाँ आफूले अन्तिम समयमा मात्र आफ्नो शक्ति देखाउने र त्यति नै बेला हस्ताक्षर गर्ने भन्दै पन्छिनुभएको स्रोतले बतायो । माओवादीमा जनामोर्चाबाट प्रवेश गर्नुभएका अमिक शेरचन, लीलामणि पोखरलेलगायत ठूलै शक्ति नारायणकाजी जता लाग्छन् आफूहरू त्यसको विरुद्धको लाग्ने भनेर तटस्थ बसेकोले पनि आजभोलि वैद्य-बाबुरामले नारायणकाजी श्रेष्ठ प्रकाशलाई पहिलेझैं महत्त्व दिन छाडेका छन् ।

दुई नेतालाई असुरक्षित राख्न खोज्दा सबै मन्त्रीहरूलाई मर्का
उपप्रधानमन्त्रीसमेत रहनुभएका गृहमन्त्री कृष्णबहादुर महराले दुई प्रभावशाली नेताहरूलाई दिइएको ‘सुरक्षा’ हटाउन निर्देशन त दिनुभयो, तर दुईजनाको मात्र ‘सुरक्षा’ झिक्दा राम्रो सन्देश नजाने सुझाव पाएपछि उहाँले सबैको सुरक्षा झिक्न निर्देशन जारी गर्नुभयो । सरकारले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीहरूको सुरक्षाका लागि आवश्यकताअनुसार प्रहरी खटाउने गर्दै आएकोमा महराले पूर्वगृहमन्त्रीहरू केपी शर्मा ओली र खुमबहादुर खड्काको सुरक्षा हटाउन सुरक्षा समितिको बैठकमै प्रस्ताव राख्नुभयो । तर, बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले दुईजनाको मात्र हटाउँदा राम्रो नहुने सुझाव दिएपछि मन्त्री महराले गृहमन्त्री भएको तीन वर्ष नाघेका सबैको झिक्ने ‘क्राइटेरिया’ प्रस्तुत गर्नुभएको थियो र सुरक्षा समितिमा महिना दिनअघि नै सोहीबमोजिमको निर्णय पनि भयो । गृहमन्त्री महरा र प्रधानमन्त्री झलनाथ खनाल पूर्वगृहमन्त्रीसमेत रहेका नेताहरू केपी शर्मा ओली र खुमबहादुर खड्काको सुरक्षा व्यवस्था हटाएर उहाँहरूलाई अपमानित र ‘ह्युमिलिएट’ गर्न चाहन्थे । आफूहरू प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेको परिप्रेक्ष्यमा भविष्यमा आफ्नो सुरक्षा हटाउन सक्ने छैनन् भन्ने विश्वासमा रहेका खनाल र महराले ओली र खड्काको सुरक्षा झिक्न खोज्दा त्यसको असर अन्य नेताहरूलाई पनि पर्ने स्पष्ट छ । हाल सरकारले पूर्वगृहमन्त्रीहरू केपी ओली, खुमबहादुर खड्का, गोविन्दराज जोशी, भीम रावल, पूर्णबहादुर खड्का, बुद्धिमान तामाङ, कमल थापा र वामदेव गौतम तथा पूर्वअर्थमन्त्रीहरू डा. रामशरण महत र डा. प्रकाशचन्द्र लोहनीलगायतलाई सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ । राज्य सञ्चालनमा संलग्न मानिस नै पूर्वाग्रही भएपछि के सम्म गरिँदोरहेछ भन्ने कुराको दृष्टान्तका रूपमा यस घटनालाई लिइएको छ । सुरक्षा हटाइसकेपछि ओली, खड्का या अन्य कुनै पनि नेताको जीवनमा कुनै प्रकारको क्षति पुग्यो भने त्यसको पूर्ति राज्यले कसरी गर्न सक्ला ? प्रश्न गम्भीर रूपमा उठेको छ । स्मरणीय छ, केपी ओली र खुमबहादुर खड्काप्रति माओवादी र झलनाथ खनाल सुरुदेखि नै पूर्वाग्रही रहिआएका छन् । दाङलाई निर्वाचन क्षेत्र बनाउनुभएका गृहमन्त्री महराले आफ्नो मुख्य प्रतिद्वन्द्वीका रूपमा खड्कालाई लिने गर्नुभएको छ र संविधानसभाको निर्वाचनमा पनि खड्कामाथि माओवादीबाट ज्यानै लिने उद्देश्यले हमला भएको थियो । त्यस्तै केपी ओली नेपालमा माओवादीको सर्वाधिक प्रभावकारी आलोचक नेताका रूपमा स्थापित हुनुहुन्छ । दुईजनाको सुरक्षा व्यवस्था हटाइएमा उहाँहरूलाई वर्तमान सरकार आफैंले आक्रमण गर्न लगाउने सोच बनेको हो या अरू कसैले आक्रमण गर्न सकोस् भनेर यसो गर्न खोजिएको हो सो भने बुझन सकिएको छैन ।

छोरी भागेपछि दलित नेताको यस्तो उर्दी !
आफूलाई दलित वर्गको ‘मसिहा’ भनाउन रुचाउने विश्वेन्द्र पासवान भित्रभित्रै कतिसम्म सामन्ती सोचका रहेछन् भन्ने हालैको एक घटनाले प्रस्ट्याएको छ । दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले आफू दलित तथा उत्पीडित व्यक्ति हुनाले सो वर्गको उत्थानका लागि राजनीतिक मैदानमा उत्रिएको सगर्व उद्घोष गर्दै आएका छन् । सभासद्समेत रहेका पासवान दलितको सुनुवाइ राज्यले नगरेको आरोपमा बेलाबेलामा संसद्मा कुर्सी फाल्ने तथा आफ्नै कपडा च्यात्ने हर्कत पर््रदर्शन गरेर हास्यको पात्र मात्र नबनी यथेष्ट चर्चा पनि बटुल्छन् ।
सभासद् पासवानकी छोरी विद्या सिंहले पार्टी कार्यालयमा पियनका रूपमा कार्यरत युवकसँग प्रेमविवाह गरेपछि पासवानको पारो सम्हालिनसक्नु गरी तातेको उनका निकटवर्तीहरूले जनाएका छन् । संसद् अवरोध गरेका कारण मार्शल लगाएर हर्टाई निलम्बनमा समेत परेका सभासद् विश्वेन्द्र पार्टीको कार्यक्रममा मधेसतिर अल्मलिएका बेला गौशाला पिंगलास्थानस्थित एक बोर्डिङ स्कुलमा अध्ययनरत १८ वर्षीया पासवानपुत्री विद्या आफ्ना प्रेमी सप्तरी शम्भुनाथ-४ का २२ वर्षीय युवक राजलाल खत्वेसँग गत असार १९ गते भागेकी थिइन् । सिराहा मिर्चैया रामनगर-५ मा रहेको बोर्डिङ स्कुलमा पटक-पटक फेल भएपछि काठमाडौंको स्कुल भर्ना गरिएकी विद्या हाल ८ कक्षा पढ्दै छिन् । आफूभन्दा तल्लो जातका युवक खत्वेसँग भागेकी भन्दै सभासद् पासवान छोरीसँग पनि रिसले आगो भएको निकटवर्तीहरूको कथन छ । उदेकलाग्दो कुरा के छ भने आफूलाई दलितको नेता भन्दै जातीय समानताका लागि संसद् र सडकमा आवाज उठाउने सभासद् पासवानले आफूभन्दा सानो जातको र आफ्नै अफिसमा काम गर्ने केटोले छोरी भगाएर इज्जत फालिदिएको भन्दै परिवारजन र निकटवर्तीहरूसमक्ष आक्रोश पोख्ने गरेका छन् । यतिमात्र होइन, पासवानले आफ्ना एक बफादार केन्द्रीय सदस्य र्सलाहीका राधेश्याम पासवान र सप्तरीका जगजीवन राममार्फत ‘राजलाल खत्वेलाई जहाँ भेटायो त्यहीँ खलास गर्नू अन्यथा म राजनीति नै छाडिदिन्छु’ भन्दै धम्कीपूर्ण उर्दी जारी गरेका छन् । उनको यो उर्दी सुनेर ज्वाइँ राजलाल खत्वे श्रीमती विद्या र आफ्नो प्राणरक्षाका लागि काठमाडौंमा रहेका आफ्ना मजदुर साथीहरूको डेरामा लुकेर बसेको खबर छ ।
सभासद् पासवानले छोरी भगाउने केटालाई ‘खलास’ गर्न बफादार केन्द्रीय सदस्यहरूमार्फत दुई लाख रुपैयाँ दिई मधेससम्बद्ध भूमिगत गिरोहका केही कार्यकर्तालाई काठमाडौंका होटेल, लज तथा मजदुरका डेरामा छापा मार्न पठाएको नाम उल्लेख गर्न नचाहने उनकै पार्टीका एक कार्यकर्ताले दाबी गरेका छन् । विगत केही दिनदेखि यो क्रम चलिरहेको ती कार्यकर्ताले बताए ।
यता, प्रेमविवाह गर्नु कुनै अपराध नभएको भन्दै राजलाल खत्वेले आफ्ना उद्दण्ड एवम् आपराधिक मनोवृत्तिका ससुरा विश्वेन्द्रले जे पनि गर्न सक्ने भएकोले ज्यान सुरक्षा गरी पाऊँ भन्दै सार्वजनिक अपिल गरेका छन् । उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएअनुसार संसद्मा कुर्सी फाल्ने, आफ्नै लुगा च्यातेर तमासा गर्नसक्ने पासवानले म निमुखा र तल्लो जातको व्यक्तिको ज्यान लिन पनि सक्छन् भन्दै खत्वेले आफ्नी नवविवाहिता पत्नीसमेत असुरक्षित रहेको बताएका छन् । आफू पत्रकार सम्मेलन गरी सार्वजनिक हुन चाहेको तर परिस्थिति अनुकूल नपरेको भन्दै आफूहरूमाथि केही भए सभासद् विश्वेन्द्र पासवानले जिम्मेवारी लिनुपर्ने पनि खत्वेले दाबी गरेको स्रोतले जनायो । खत्वेकी आमा ललिता र दिदी विन्ध्यालाई समेत पासवानद्वारा धम्क्याइएको राजलालका दाजु नाता पर्ने चन्द्रलाल खत्वेले जानकारी गराएका छन् । पासवानको दबावमा यतिबेला खत्वेकी आमा र दिदीलाई प्रहरीले हिरासतमा लिएको पनि बताइएको छ । यसरी निमुखा दलितहरूमाथि विश्वेन्द्रले अन्याय गरेको भन्दै चन्द्रलालले अधिकार-रक्ष्र्ँार्थ मानव अधिकारका लागि काम गर्दैआएको संस्था र्’इन्सेक’मा पनि अपिल गरेका छन् । उनले आफ्नो भाइको प्राणरक्षाका लागि आग्रह गर्दै भने, ‘हामी दलितका लागि दलित नै शत्रु बने, निमुखाको हित गर्छर्ुुनी नेता बनेका व्यक्तिबाटै हामी असुरक्षित बन्यौँ, अब हाम्रो ज्यानको सुरक्षा कसले गरिदिने हो… सुनुवाइ हुनुपर्‍यो ।’

बेलायतमा नेपालीहरूले प्रश्न गरे माओवादीलाई किन पुलपुल्याइयो ?
अलिखित संविधान र ‘वेस्ट मिनिष्टिरियल सिष्टम’को जननी राष्ट्र बेलायतमा केही सातायता नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरूको दौडधुप बढेको छ । गतसाता मात्र काङ्ग्रेस सभापति सुशील कोइरालाले एक साताभन्दा बढी बेलायतलगायतका युरोपेली राष्ट्रहरूको भ्रमण सकी नेपाल फर्कनुभएको थियो । अमेरिकामा आफ्ना उपचारको क्रममा जाँदा युरोप आउनुभएका कोइरालाले विदेशस्थित नेपाली काङ्ग्रेसको संस्था नेपाली जनसम्पर्क समितिद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
नेपाली जनसम्पर्क समिति बेलायतले ३०औँ बीपी स्मृति दिवसको सन्दर्भ पारेर नेपालबाट काङ्ग्रेसका केन्द्रीय नेताहरूलाई आमन्त्रण गरेकोमा आमन्त्रितमध्ये काङ्ग्रेस केन्द्रीय सदस्य एवम् सभासद्द्वय डा. शेखर कोइराला र सुश्री सीता गुरुङ हाल बेलायत भ्रमणमा हुनुहुन्छ । अर्का आमन्त्रित प्रभावशाली केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्का भने व्यक्तिगत कारणले आउन नसक्नुभएको बताइएको छ । समितिले आफ्नो दुईवटा अधिवेशनबाहेक यसरी नेपालबाट केन्द्रीय नेताहरू बोलाई विचार गोष्ठी गरेको यो पहिलोपटक हो । बेलायतलगायत अन्य युरोपेली राष्ट्रमा नेपाली काङ्ग्रेससमर्थक व्यक्तिहरूको सङ्ख्या दिनानुदिन बढिरहेको सन्दर्भमा नेपालमा शान्तिप्रक्रिया र संविधान निर्माण छिटो गर्न/गराउनका लागि नेताहरूलाई झकझक्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको तर्क छ । त्यसो त गैरआवासीय नेपालीको दोहोरो नागरिकता र नेपालको आमनिर्वाचनमा अन्य राष्ट्रका नागरिकहरूलेझैं विदेशस्थित नेपाली राजदूतावासमा मतदान गर्न पाउनुपर्ने मागका सन्दर्भमा समेत यसबाट नेताहरूलाई दबाब पर्न जाने विश्लेषण गरिन्छ । विद्यार्थी र भूपू गोर्खा सैनिकका समस्याको राजनीतिक र कूटनीतिक दबाब एवम् समाधानको निकासमा समेत नेताहरूलाई अवगत हुने गर्दछ ।
यसै सन्दर्भमा केन्द्रीय सदस्य एवम् सभासद्द्वय डा. कोइराला र सुश्री गुरुङसमक्ष यहाँ रहेका नेपाली समुदायले विभिन्न जिज्ञाशा माग एवम् सुझाव राखेका थिए ।
यसै सन्दर्भमा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन स्वर्गीय गिरिजाप्रसाद कोइरालाका विशेष सहयोगीमध्येका एक डा. शेखर कोइरालालाई माओवादीलाई पुलपुल्याएर बर्ुइ चढाएको आरोपसमेत लाग्ने गरेको छ । एक कार्यक्रममा केही सहभागीले डा. कोइरालालाई किन माओवादीलाई पुलपुल्याउने काम भयो भनेर प्रश्नसमेत गरेका थिए । त्यसको प्रतिवाद गर्दै डा. कोइरालाले नेपालको आर्थिक अवस्था जर्जर रहेको र माओवादीको कारण राजनीतिक अराजकता बढेको बताउनुभएको थियो । माओवादीको प्रस्तावित १४ वटा प्रदेश जातीय भएको र त्यसले जातीय विकृति आएको आरोप लगाउँदै कोइरालाले भन्नुभयो, ‘नेपाली काङ्ग्रेस आत्मनिर्णयको अधिकारको कुरा गर्दा देश विखण्डनको कुरा गर्न सक्दैन ।’
नेपाली जनसम्पर्क समिति बेलायतद्वारा ३०औँ बीपी स्मृति दिवसको सन्दर्भमा ‘नेपालको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक समाजवाद’ विषयक गोष्ठीमा बोल्दै कोइरालाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । बीपीको विचार दुबोजस्तै मौलाइरहने र कहिल्यै नसुक्ने बताउँदै उहाँले नेपाली काङ्ग्रेससँग टक्कर लिन खोज्ने राणा र राजा समाप्त भएको ठोकुवा गर्दै माओवादी र एमाले पनि टकराए समाप्त हुने चेतावनी दिनुभयो ।
माओवादी लडाकुहरूको हतियार राज्यलाई बुझाई शान्तिप्रक्रियामा आए नेपाली काङ्ग्रेस माओवादीको नेतृत्वको सरकारमा गएर शान्तिप्रक्रिया र संविधान निर्माणलाई टुङ्ग्याउन तयार रहेको बताउँदै तर सेनामा समूहगत नभई व्यक्तिगत मापदण्डका आधारमा भर्ना हुनुपर्ने प्रस्ट्याउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले गिरिजाबाबुसँग ४ देखि ५ हजारसम्म लडाकु समायोजन हुने सहमति गरेको र सोही कुरा प्रचण्ड स्वयम् प्रधानमन्त्री भएको बेला भारतको भ्रमणताका भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग प्रचण्डले राखेको खुलासासमेत कोइरालाले गर्नुभयो ।
सहभागी वक्ताले आफू र कृष्ण सिटौलाले माओवादीलाई पुलपुल्याएर शान्तिप्रक्रियामा ल्याएको आरोपको खण्डन गर्दै देशमा मारकाट र अशान्ति रोक्न आफूहरूले दिल्ली सम्झौता गरेकोसमेत प्रस्ट्याउनुभयो । गैरआवासीय नेपालीको दोहोरो नागरिकताका सम्बन्धमा काङ्ग्रेस सकारात्मक रहेको र गोर्खा भूपू सैनिकको समान पेन्सन सम्बन्धमा बेलायत सरकारसमक्ष कूटनीतिक पहल गरिने डा. कोइरालाको कथन थियो । कवितात्मक शैलीमा बीपीप्रति शब्दश्रद्धा प्रस्तुत गर्दै मन्तव्य सुरु गरेकी काङ्ग्रेस केन्द्रीय सदस्य सभासद् सीता गुरुङले संविधान समयमै नबन्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै गैरआवासीय नेपाली र भूपू गोर्खा सैनिकका समस्यालाई काङ्ग्रेस पार्टी र सरकारसमक्ष राख्ने आश्वासन व्यक्त गरिन् ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, नेपालबाट आउनुभएका वरिष्ठ पत्रकार हरिहर विरही, एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ, नेपाली काङ्ग्रेस महासमिति सदस्य विज्ञान प्रर्साईंले पनि नेपालको राजनीतिक र आर्थिक विकासका लागि बीपीको लोकतान्त्रिक समाजवाद समय सान्दर्भिक भएको बताउनुभएको थियो ।
समितिका सदस्य शिव तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा समितिका प्रवेश केसी, शेरबहादुर सुनार, नरकुमार लिम्बू, शिवजी श्रेष्ठ, विश्वआदर्श पंडित, पुरुषोत्तम पौडेल, कार्यक्रम संयोजक बालमुकुन्द जोशीले समेत सम्बोधन गर्नुभएको थियो । समितिका महामन्त्री शान्तविनोद लामिछानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष केशवबहादुर गुरुङ, उपाध्यक्ष भोजराज गुरुङ, लोकतान्त्रिक मञ्चका रामशरण सिंखडा र नेपाली प्रगतिशील समाजका महेन्द्र कँडेलले समेत बोल्नुभएको थियो । कार्यक्रममा नेपालबाट आएकी गायिका कोमल वलीले गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।- विपिन निरौला (लन्डनबाट)

उपकुलपति नियुक्तिमा ढिलाइ किन –
मुलुकको सबैभन्दा जेठो शैक्षिक संस्थाका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म कसैको पनि नियुक्ति हुन नसकेको सन्दर्भ यतिबेला सर्वत्र चासो र चर्चाको विषय बनेको छ । गत आइतबार आयोजित ‘नेपाल तथा एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुर’को चालीसौू वारि्षक उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट शिक्षामन्त्री गंगालाल तुलाधरले एक साताभित्रै उपकुलपतिको नियुक्ति गरिने दाबी गरे पनि हालसम्म सम्भावना देखिएको छैन । तथापि, नियुक्ति हुनसक्ने सम्भावित केही नाम भने यतिबेला चर्चामा आएका छन् ।
यस क्रममा अहिले आएर त्रिवि उपकुलपतिमा दुईजनाको नाममा तीव्र प्रतिस्पर्धा रहेको बुझिएको छ । अन्तर्राष्ट्रिय स्तरका शिक्षाविद् एवम् वरिष्ठ रसायनशास्त्री डा. कृष्ण मानन्धरको नाम अग्रस्थानमा रहेको बुझिएको छ । शिक्षा मन्त्रालय एमालेको नेतृत्वमा रहेको र डा. मानन्धरप्रति एमालेको-नेतृत्व पनि सकारात्मक रहेको स्रोतको दाबी छ । बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाू विज्ञान सहायक डिन, डिन, विश्वविद्यालय अनुदान आयोगका सदस्यजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलताका साथ सम्हालिसक्नुभएका व्यक्ति हुनुहुन्छ । त्यसैगरी अङ्ग्रेजी साहित्यका वरिष्ठ प्राध्यापक डा. कृष्णचन्द्र शर्माको नाम पनि सो पदका लागि चर्चामा छ । वनारस हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि हासिल गर्नुभएका डा. शर्मा कुशल लेखक, वरिष्ठ समीक्षक र अन्तर्राष्ट्रिय स्तरका आदर्श प्राध्यापकका रूपमा नेपालको उच्च शैक्षिक जगत्मा परिचित हुनुहुन्छ ।
यसैक्रममा पूर्वाञ्चल विश्वविद्यालयमा भने प्राध्यापक घनश्यामलाल दासको सम्भावना रहेको बताइएको छ भने पोखरा विश्वविद्यालयमा प्राध्यापक डा. महेन्द्रप्रसाद सिंहको नाम निश्चितजस्तै ठानिएको छ । डा. सिंह अन्तर्राष्ट्रिय स्तरका अर्थशास्त्री तथा सफल प्रशासक एवम् कुशल व्याख्याताका रूपमा चिनिनुहुन्छ । जनकपुर क्याम्पसको अतिरिक्त क्रियाकलाप प्रमुख, कीर्तिपुर छात्रावास वार्डर्ेे प्रोक्टर, राराब क्याम्पस जनकपुरका प्रमुख, मानविकी सहायक डिन, ग्रामीण विकास केन्द्रीय विभागका संस्थापक विभागीय प्रमुख, त्रिवि शिक्षाध्यक्षजस्ता पद सम्हालिसक्नुभएका उहाू नेपालको शैक्षिक जगत्मा अत्यन्त अनुभवी व्यक्तिका रूपमा सम्मानित हुनुहुन्छ । केही वर्षअघि न्युयोर्कमा संयुक्त राष्ट्रसंघको अधिवेशनमा डा. सिंहले गर्नुभएको सम्बोधनलाई अझै पनि महत्त्वपूर्ण र प्रेरणादायी अभिव्यक्तिका रूपमा सम्झना गरिन्छ ।

खाडी मुलुक जाने महिलाका लागि तालिम केन्द्र
कुवेतलगायत अरब राष्ट्रहरूमा घरेलु रोजगारका लागि जाने महिला कामदारलेे भोग्नुपरेको समस्यालाई समाधान गर्ने उद्देश्यले स्थापना भएको ‘टप हिल मल्टिपल ट्रेनिङ सेन्टर’को हालै श्रमसचिव दिनेश अधिकारीद्वारा उदघाटन भएको छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने महिलाका लागि तालिम केन्द्र कोसेढुङ्गा सावित हुने सो अवसरमा सचिव अधिकारीले बताए । वर्तमान अवस्थामा सरकारले निर्धारण गरेको कार्य-व्यवस्थाअनुसार चारवटा खाडी मुलुकमा महिलालाई जाने व्यवस्था भएको जानकारी दिँदै त्यसका लागि यस्ता तालिम केन्द्र सहयोगी सावित हुने उनको कथन थियो । खाडी मुलुकमा नेपालको बिग्रिएको छविलाई सुधार ल्याउन भाषा र सीपको ज्ञान भएका महिलाको खाँचो भएको पनि सो अवसरमा सचिव अधिकारीले प्रष्ट्याए ।
तालिम केन्द्रको बारेमा जानकारी गराउँदै केन्द्रका प्रमुख बालकुमार गुरुङले खाडी मुलुकमा बिनादक्षता हचुवाका भरमा जाने महिलाको भविष्यलाई ध्यानमा राखेर तालिम केन्द्र खोलेको बताए । महिलाले त्यहाँ गर्नुपर्ने कामका बारेमा तालिम प्राप्त नहुनु, त्यहाँको भाषा, धर्म, संस्कारको बारेमा ज्ञान नहुनु, सम्भावित घटना र विकृतिको बारेमा जानकारी नहुनुका कारणले नेपाली महिला कामदारले निकै कष्ट भोगिरहेका गुरुङले बताए । उनले घरेलु रोजगारका लागि गएका महिलाले विभिन्न कारणले ज्यान गुमाउनुपरेको बताउँदै गत वर्ष मात्रै कुवेतमा एक दर्जन महिलाले आत्महत्या गरेको बताए । यही कुरालाई आत्मसात् गर्दै गत वर्षदेखि नेपाली राजदूतावासले पीडित महिलाको बारेमा सञ्चालन गरेको सेल्टरमा अहिले दुई सयभन्दा बढी महिला रोटी र पानीको भरमा घर फरि्कने दिन कुरेर बसेको खुलासा समेत गरे । सोही अवसरमा रोजगार व्यवसायी सङ्घका अध्यक्ष सोमलाल श्रेष्ठले सरकारले केही हप्ताअगाडि मात्रै चार खाडी राष्ट्रमा महिला रोजगार पठाउने निर्णय गरेको अवस्थामा यस्तो तालिम केन्द्र खुल्नु आफैंमा स्वागतयोग्य भएको बताए । त्यस्तै पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले तालिमको अभावमा वैदेशिक रोजगारमा जाने अधिकांश महिलाले पीडा भोग्नुपरेको जानकारी गराउँदै यो तालिम केन्द्र खुलेकोमा खुसी प्रकट गर्दै आफू सहकार्य गर्न तयार रहेको बताइन् । -सुशीला पौडेल

देवीघाट जलविद्युत् परियोजनाको स्तरोन्नति
देवीघाट जलविद्युत् आयोजनाको स्तरोन्नतिको कार्य सम्पन्न भएको छ । ‘भारत हेभी इलेक्ट्रिकल लिमिटेड’द्वारा गरिएको सो कार्यका लागि छिमेकी मित्रराष्ट्र भारतबाट १५ करोड अनुदान सहयोग एवम् १५ करोड सहुलियत ऋण सहयोग उपलब्ध भएको थियो ।
सन् १९८४ मा भारतीय अनुदानमा निर्मित देवीघाट जलविद्युत् आयोजनामा ५-५ मेगावाट क्षमताका तीनओटा एकाइ छन् । सुरुवातको १४.१ मेगावाट उत्पादन क्षमतालाई वृद्धि गरी १५ मेगावाट बनाइएको छ भने तीन एकाइलाई अत्याधुनिक प्रणालीमा विकास गरिएको छ । गत असार २९ का दिन एक समारोहकाबीच भारतीय राजदूतावासका नियोग उपप्रमुख जयदीप मजुम्दारले नेपाल विद्युत् प्राधिकरणका व्यवस्थापन निर्देशक रामेश्वर यादवलाई सोको हस्तान्तरण प्रमाणपत्र प्रदान गर्नुभयो । देवीघाट जलविद्युत् आयोजनाको निर्माण र हस्तान्तरणले भारत सरकार तथा भारतीय जनता नेपाली जनताको शान्ति र विकासको चाहनासँगै हिँड्ने प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने बताइएको छ ।

वैदिक साम्यवाद खोज्दै नयाँ पार्टी गठन
मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थासहित हिन्दुत्वको जगमा शान्ति र सुशासन स्थापना गर्दै बैद्धिक साम्यवाद स्थापना गर्ने उद्देश्यले राष्ट्रिय शिव सेना पार्टी नामको नयाँ पार्टी गठन भएको जानकारी दिइएको छ ।
हिन्दू सभ्यताको आधुनिकीकरणबाट नै नेपाल र नेपालीपन झल्किने हुँदा वैभवशाली हिन्दू सभ्यताको जगमा टेकेर सुशासन, शान्ति र सद्भाव तथा प्रजातान्त्रिक तथा प्रजातान्त्रिक पद्धतिको सिद्धान्त अङ्गीकार गरी वैदिक साम्यवाद अर्थात् रामराज्यको परिकल्पना गर्दै त्यसको स्थापनार्थ पार्टी गठन गरिएको नवगठित पार्टीका अध्यक्ष विक्रमबहादुर थापाले जानकारी दिए । उनले विभिन्न नाममा भत्काइएको मुलुकको इतिहास, धर्म र संस्कृतिको संरक्षण, सर्म्बर्द्धन र पुन: स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको भन्दै राजतन्त्र र हिन्दुत्वसहितको प्रजातन्त्र स्थापना गर्नुपर्नेमा जोड दिए । उनले अनमिनद्वारा अयोग्य प्रमाणित लडाकुलाई योग्य नेपालीका छोराको संज्ञा दिँदै मुलुक निर्माणमा हातमा हात मिलाएर अगाडि बढ्नका लागि आफ्नो पार्टीमा आबद्ध हुन उनीहरूलाई आह्वान पनि गरे ।
नवगठित पार्टीले ‘सर्वप्रथम हामी नेपाली हौँ तर त्यसभन्दा पहिले हामी हिन्दू हौँ’ भन्ने नारा अगाडि सारेर हिन्दूराष्ट्र स्थापनामा अभियान चलाउने दाबी गरेको छ ।
विक्रमबहादुर बमको अध्यक्षतामा गठित पार्टीमा वरिष्ठ नेता सूर्यप्रसाद प्रर्साईं, वरिष्ठ उपाध्यक्ष शान्त बस्नेत, महामन्त्रीहरू नीरकुमार सम्बाहाम्फे, रामप्रबोध शाह, सर्ुदर्शन नेपाली, टेकराज पनेरू, सहमहामन्त्री सदीपजंग शाह, जगत जेठार र कमल पौडेल, कोषाध्यक्ष होमनाथ भण्डारी, सहकोषाध्यक्ष सीमा खड्का, प्रवक्ता राजेन्द्रबहादुर चन्द र सहप्रवक्ता अतिउत्तम बुढासहित ३४ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

पति-पत्नी नै नक्कली धन्दामा
नक्कली ट्रान्सक्रिप्ट, मार्कसिट र प्रमाणपत्र बनाएर रकम असुल्दै आएका दुई अभियुक्तलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले नक्कली कागजातसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा-६ घर भई हाल मैतिदेवी बस्ने २८ वर्षीय सरोज थापा र निजकी श्रीमती २७ वर्षीया गीताकुमारी रिजाल रहेका छन् ।
उनीहरूले ट्रान्सक्रिप्ट, सर्टिफिकेट, माइग्रेसन क्यारेक्टर, प्रोभिजनल बनाएबापत १५ सय रुपैयाँको दरले रकम लिने गरेको र निजहरूको साथबाट निर्मल सुवेदी नामको हायर सेकेन्डरी एजुकेसन बोर्डको कक्षा ११ र १२ को ट्रान्सक्रिप्ट थान-१, प्रोभिजनल सर्टिफिकेट थान-१, रोशनी भट्टराईको नामको प्रोभिजनल सर्टिफिकेट थान-१, माइग्रेसन सर्टिफिकेट थान- १, विवाह दर्ता प्रमाणपत्र थान-१, अजय श्रेष्ठको प्रोभिजनल सर्टिफिकेट थान-१, रविन मालबुलको प्रोभिजनल सर्टिफिकेट थान-१ र सविना श्रेष्ठको काठमाडौं महानगरपालिकाको सिफारिस पत्रसहित दशी प्रमाण प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

मल्लकालीन मन्दिर सङ्कटमा
अविरल वर्षाका कारण आएको पहिरोले नुवाकोटको धार्मिक तथा ऐतिहासिक नुवाकोट दरबार क्षेत्रमा रहेको मल्लकालीन तलेजु भवानीको मन्दिर सङ्कटमा परेको छ । नुवाकोटको विदुर नगरपालिका-२ मा रहेको पाँच सय वर्ष पुरानो तलेजु भवानीको मन्दिरपछाडिबाट पहिरो जान थालेपछि मन्दिर सङ्कटमा परेको हो । मन्दिर परिसरमा जनआन्दोलन- २ का सहिद चन्द्रबहादुर बयलकोटीको नाममा स्मृतिपार्क निर्माण भइरहेको अवस्थामा अविरल वर्षा भएपछि माथिको भागमा पहिरो गई पार्क निर्माणकार्यसमेत अवरुद्ध भएको छ ।

महतोद्वारा सभामुखविरुद्ध आन्दोलनको चेतावनी
सद्भावना पार्टीबाट निष्काशनमा परेका अनिलकुमार झाले संघीय सद्भावना पार्टी नामक नयाँ पार्टी दर्ता गरेलगत्तै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले पार्टीले कारवाही गरेका व्यक्तिले खोलेको पार्टीलाई संसद् सचिवालयले मान्यता दिए त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । झाले कानून अनुसार कुनै पनि हालतमा नयाँ पार्टी दर्ता गर्न नसक्ने दावी गर्दै महतोले भने- ‘गत असार १५ गतै नै औपाचिारक रुपमा निष्काषित भइसकेका व्यक्तिलाई सोही पार्टीको नामबाट नयाँ पार्टी दर्ता गर्ने वैधानिक आधार र अधिकार छैन ।’
संसद् सचिवालयले अनिल झाको दल दर्ता गरेमा आफूहरूले सभामुख र संसदविरुद्ध सडक, सदन र कानूनी रुपमा समेत प्रतिरोध गर्ने चेतावनी उनले दिए । निष्काशित व्यक्तिलाई नयाँ दलको मान्यता दिर्ने अधिकार सभामुखलाई पनि नभएको जिकीर गर्दै त्यसरी दल दर्ता गरेमा विभिन्न मोर्चाबाट सभामुखविरुद्ध आन्दोलन गर्ने उद्घोष उनको थियो । यसैक्रममा हालका परराष्ट्रमन्त्री उपेन्द्र यादवले सद्भावना पार्टी फुटाएको दाबी गर्दै अध्यक्ष महतोले सद्भावना पार्टीका सभासद सरोज यादवलाई यादवले पटक-पटक पार्टी फोड्न अह्राएको खुलासा गरे । सबै पार्टी फुटिसक्दा पनि सद्भावना नफुटेकोमा उपेन्द्र यादवलाई इष्र्या लागेकोले उनले त्यसो गरेको तर्क महतोले दिए । सरकारमा जान अनिलले पार्टी फुटाएको दावी गर्दै नयाँ पार्टीमा जान खोज्ने आफ्ना सभासद् तथा अन्य नेता-कार्यकर्तालाई आफूले सम्झाएर फर्काउने उनले बताए ।

गीतकार राममानको सम्झना
वाशु शशि स्मृति परिषद्को आयोजनामा गीतकार डा. राममान तृषितको ४५ दिनको पुन्यतिथिमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा गीतकार यादव खरेलले राममानको गीतमा भिन्नै शैली रहेको बताउनुभयो । उहाँले नेपाली गीतलाई राममानका गीतहरूले छुट्टै स्थान ओगटेको बताउनुभयो । गीतकार किरण खरेलले राज्यले कहिल्यै पनि स्रष्टालाई सम्मान नगरेको र राममानको पनि राज्यले अवहेलना गरेको बताउनुभयो । उहाँले राममान श्रोता र सर्जकको मनमा सधैं बाँचिरहने बताउनुभयो । वाशु शशि स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले गीतकार राममानसँगको आफ्नो अन्तरंग सम्बन्ध र गीतमा राममानको विशेषताका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा वाशु शशि स्मृति परिषद्का अध्यक्ष कृष्ण जोशी, कथाकार परशु प्रधान, कवि ठाकुर बेल्वासेलगायतले राममानको गीति सिर्जनाको चर्चा गरेका थिए ।

बालकवि गोष्ठी सम्पन्न
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान र ज्ञान विकास निमाविको संयुक्त आयोजनामा आदिकवि भानुभक्तको एकसय ९८औं जन्मजयन्तीको उपलक्ष्यमा प्रतियोगितात्मक बालकवि गोष्ठी सम्पन्न भयो । उक्त कविगोष्ठीका प्रमुख अतिथि प्राज्ञ प्रा.डा. महादेव अवस्थीले भानुभक्तलाई सम्झनु भनेको आफ्नै वाणीको सम्मान गर्नु हो भन्दै यस कार्यमा निर्झको निरन्तरताले खुशी लागेको बताउनुभयो । विशेष अतिथि आजीवन प्राज्ञ श्यामदास वैष्णव, रारामा, निर्मलकुमार रिमाल, कमला निरौला, श्याम श्रेष्ठ, नविना सापकोटाले पनि कविता वाचन गर्नुभएको थियो भने गायक एवम् संगीतकार वाइवाले गीत गाएर कार्यक्रमलाई आकर्षक तुल्याउनुभएको थियो ।
प्रतियोगितात्मक कविगोष्ठीमा २१ जना विद्यार्थीहरूले भाग लिएका थिए । कवयित्री बाबा बस्नेतको निर्णयकत्व रहेको उक्त काव्यगोष्ठीमा अजित लामा -कक्षा-८), नविना थापा -कक्षा ७), रञ्जितकुमार थामी -कक्षा ८) र नविना सिलवाल -कक्षा ८) क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका हकदार भएका थिए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रा.डा. महादेव अवस्थीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत ‘मातृदास’को सभापतित्वमा सम्पन्न उक्त काव्यगोष्ठीमा विद्यालयकी प्रधानाध्यापक रमादेवी थापा -अधिकारी)ले पनि भानुजयन्तीको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।

चिसो खुवाएर बलात्कार
सामान्य चिनजानको भरमा युवतीलाई फकाएर चिसो पेय पिलाएर बलात्कार गर्ने जीवन केसी नामक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे महेन्द्रज्योति- ५ का ३५ वर्षीय केसीले एक २० वर्षीया महिलामाथि गत असार ३१ गते दिउँसो सो अपराध गरेका थिए ।
काठमाडौं भीमसेनस्थानमा युवतीलाई अर्धबेहोस अवस्थामा फेला पारी उपचारका लागि वीर अस्पताल लगिएको थियो । होस खुलेपछि सोधपुछ तथा अनुसन्धान गर्दा बानेश्वरबाट निज केसीले ललाइफकाई आफ्नो मोटरसाइकलमा राखी केही पर होटलमा लगी चिसो खान दिएपश्चात् उनी अर्धबेहोस हुन पुगेकी थिइन् । त्यसपछि भीमसेनस्थानस्थित आफ्नै भाइको डेरा-कोठामा लगेर जबर्जस्ती करणी गरेकोे बयान युवतीले दिएकीले केसीलाई भीमसेनस्थानबाटै बा.२४ प २१० नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।