सेयरको घट्दोक्रम निरन्तर जारी, मंगलबार सात अंकको गिरावट

सेयरको घट्दोक्रम निरन्तर जारी, मंगलबार सात अंकको गिरावट


धितोपत्र बजारमा मंगलबार पनि सेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ बिन्दुमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर २३४ दशमलव २२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार मंगलबार कुल १६५ कम्पनीको ६ लाख ५३ लाख २८ कित्ता सेयर कारोबार भए । तर, कारोबार रकम भने सोमबारको तुलनामा कम भएको छ । स्टकका अनुसार मंगलबार रु. १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये मंगलबार सबै उपसमूहको सेयर घटेको छ । बैंकिङ चार दशमलव ६, होटेल २६ दशमलव ९४, विकास बैंक चार दशमलव ७२, जलविद्युत ६ दशमलव ४७, वित्त दुई दशमलव ६५, निर्जीवन बिमा ४५ दशमलव ०२, उत्पादन २१ दशमलव पाँच, अन्य सात दशमलव ७६, लघुवित्त १४ दशमलव ३३ र जीवन बिमा ३१ दशमलव २४ विन्दुले घटेको छ ।

घटेको बजारमा नेसनल हाइड्रोपावरका सेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै जोशी हाइड्रोपावरका सेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका सेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन् ।