चितवनको ग्लोबल आईएमई बैंकमा आगलागी

चितवनको ग्लोबल आईएमई बैंकमा आगलागी


नारायणगढको शहीदचोकस्थित ग्लोबल आईएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने वास्तविक विवरण आउन बाँकी रहेको बताइएको छ ।