भारतीय मुद्रासँग स्थिर विनिमयका कारण हेजफण्डको प्रभाव न्यून

भारतीय मुद्रासँग स्थिर विनिमयका कारण हेजफण्डको प्रभाव न्यून


सरकारले वैदेशिक लगानी ल्याउँदा आउने जोखिम न्यूनिकरण गर्न हेज फण्ड सम्बन्धि नियमावली २०७५ स्वीकृत गरेको छ । यो फण्डले वैदेशिक लगानी ल्याउँदा परिवत्र्य मुल्यमा आउने परिवर्तन सम्बन्धी जोखिम न्यूनीकरण र्ने छ ।

हेजिङ फण्ड एउटा यस्तो कोष हो जसले विदेशी विनिमयदरमा आउने उतारचढाव बाट हुने जोखिम न्यूनिकरण गर्दछ । यस्तो कोषमा लगानी ल्याउने लगानीकर्ताले केही प्रतिशत रकम हेजिङ सम्बन्धी कोषमा जम्मा गर्ने छन् ।

डलरमा आउने वैदेशिक लगानी भित्र्याउने समयमा डलरको बजार मूल्य कम हुने र फिर्ता गर्नेसमयमा मूल्य बढ्दा नेपाली लगानीकर्ताले ठुलो मात्रमा नोक्सानी बेहोर्नु पर्ने समस्या हुन्छ । यही समस्याको समाधान गर्न हेज फण्डको अवधारण आएको हो । सरकारले पनि ‘हेजिङ नियमावली २०७५’ स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै नियमावली कार्यन्वयनमा आएको छ । तर यस्तो फण्डमा केही सिमित क्षेत्रमा आउने लगानीले मात्र सहभाविता पाउने छ ।

हेजिङ सुविधा
–२०० केभी क्षमताको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइन
–१० किलोमिटर लामो रेल, मेट्रोरेल निर्माण
–५० किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण

मन्त्रीपरिसद्ले तोकेका परियोजनाहरु
नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयदर कायम भएकाले हेज फण्ड प्रभावित हुने देखिएको छ । नेपालको अर्थतन्त्र तथा विदेशी विनिमय नीति भारतीय मुद्रामा निर्भर रहेको छ । यसले गर्दा हेज फण्डको प्रभावकारीता न्यून देखिएको छ ।