गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद

गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद


ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ । सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई न्यायाधीश धनसिंह महराको इजलासले दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको हो ।

ललितपुर जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे ।

दोषीलाई कैद सजाय मात्र नभई ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला समेत अदालतले गरेको छ ।

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा प्रहार गरेको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो । युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।