आज उपत्यकामा ७ घन्टा विद्युत कटौती हुने

आज उपत्यकामा ७ घन्टा विद्युत कटौती हुने


नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) उपत्यकाका विभिन्न स्थानमा ७ घन्टा विद्युत कटौती गर्ने भएको छ । कलंकी–नागढुंगा वितरण लाइन स्थानान्तरण गर्न सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट प्रवाह हुने विद्युत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ । प्राधिकरणका अनुसार उक्त सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुंगल लगायत क्षेत्रमा विद्युत काटिनेछ ।

यसैगरी, सोही सडकअन्तर्गत मातातीर्थ सबस्टेसनबाट सञ्चालित मातातीर्थ फिडरबाट आपूर्ति हुने गुर्जुधार, थानकोट लगायत क्षेत्रमा पनि सेवा अवरुद्ध हुनेछ । उक्त क्षेत्रमा काम सकिना साथ आपूर्ति सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।