हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बृद्धि

हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बृद्धि


हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बढेको छ । गतवर्ष १ अर्ब ५९ करोड रुपैयाँको सामान निर्यात भएको हो ।

हाते ऊनका उत्पादनका सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँको सामान निर्यात भएको थियो । कूल निकासीमध्ये ऊनी फेष्टका सामग्रीको हिस्सा भने १.९ प्रतिशत मात्रै रहेको छ । २०७० सालदेखि भने क्रमशः निर्यातमा वृद्धि भइरहेको केन्द्रले जनाएको छ । मुख्यगरी यस्ता सामग्री मेरिका, जर्मनी, क्यानडा, स्वीडेन, नेदरल्याण्ड, जापान र फ्रान्समा पुग्ने गरेको छ ।

निर्यात भएकामध्ये एक तिहाइ अमेरिकामा खपत हुने गरेको उक्त केन्द्रले जनाएको छ । विश्वबजारमा यस्ता सामग्रीको माग राम्रो भएको व्यवसायीले बताएका छन् तर सरकारको नीति नियम प्रभावकारी नहुँदा उत्पादन तथा निर्यातमा समस्या आइरहेको व्यवसायीले बताएका छन् ।

ठमेललगायत बजार क्षेत्रमा खुलारुपमा खरीद–बिक्रीसमेतलाई जोड्ने हो भने यसको निर्यात वार्षिक २ अर्ब रुपैयाँको रहेको केन्द्रको दावी छ ।