वरिष्ठ पत्रकार गौतमको निधन

वरिष्ठ पत्रकार गौतमको निधन


वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ ।

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ बर्षिय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।

शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित थिए । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा रोशन गौतमले दागबत्ती दिएका थिए । काठमाडाँै शाखाबाट उनि महासङ्घको केन्द्रीय पार्षद रहेका थिए ।

लाजिम्पाटमा बस्दै आएका उनका एक छोरा र श्रीमती छन् । यसै वर्ष उनि प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । उनको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौँ शाखाले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको अध्यक्ष बिडारीले बताए ।