तरकारी पकाउन ढिलो गर्दा श्रीमतीमाथि गोली प्रहार

तरकारी पकाउन ढिलो गर्दा श्रीमतीमाथि गोली प्रहार


बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो ।

तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए ।

घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते बालकुमारी र उनका श्रीमान् दुबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।