नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७४–७५ को नाफाबाट २५ प्रतिशत सेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले आइतबार एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ताबराबरको सेयर लाभांश र रु. एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बिमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।